धनगढी, २४ जेठ
कैलाली र कञ्चनपुरमा बिहिबार रातीको हावाहुरीबाट घाईतेहरुको उद्धारको तथा बिवरण बझ्न सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस प्रतिपक्ष दलका नेता डा. रणबहादुर रावल मध्यरातीदेखी खटिएका छन् ।
‘घटना भएपछि प्रभावित क्षेत्रको अबलोकन गर्न खटिरहको छु’ नेपाली काँग्रेस प्रतिपक्ष दलका नेता डा. रावलले भने–‘धेरै क्षति पुगेको छ, प्रदेश सरकार कुनै चलाएमान भएको छैन ।’ डा. रावलले बिनासकारी हावाहुरीमा परेर ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेका छन् ।
बारा र पर्सामा घटना हामी समक्ष सर्बबितितै छ, सोही घटनाको पाठ सिक्दै संघिय सरकार र प्रदेश सरकारले मौसम पुर्वअनुमान सम्बन्धीमा गम्भीर नहुनु र सरकार संग पुर्वअनुमान गर्ने सामर्थ नभएपनि छिमेकी राष्ट्रि संग सहयोग मार्फत मौसमको पुर्वअनुमानको प्रक्षेपण गर्न नसक्नु पनि प्रदेश सरकार असफल भएककोमा गम्भीर लापरबाही भएको उनको भनाई छ ।
कैलाली कञ्चनपुरका बिभिन्न क्षेत्रमा बिहीबार राति हावाहुरीका कारण धनजनको ठुलो क्षति पुगेको छ ।


