कैलाली २१ जेठ
समाजवादी पार्टीका अध्यक्ष तथा उप प्रधानमन्त्री उपेन्द्र यादवले सरकारले संविधान संसोधन नगरे पार्टीले अन्यथा निर्णय गर्नसक्ने भन्दै चेतावनी दिएका छन् ।
मंगलबार पार्टीको प्रादेशीक अभिमुखीकरण गोष्ठीमा सहभागी हुन धनगढी आएका यादवले पत्रकार संग कुरागर्दै सो कुरा बताएका हुुन । संविधान संसोधन गर्ने सर्तमा कम्युनिष्ट सरकारलाई सघाईदिएको मात्रै बताउदै, दुई तिहाई सरकारले संविधान संसोधन नगरे पार्टीले सर्मथन फिर्ता लिने समेत यादवले चेतावनी दिए ।
संघिय सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट सन्तुलीत रुपमा वितरण नभएको र बजेट निमार्णमा आफुहरुको कुनै सहभागी नभएको उनले बताए । त्यस्तै लोकसेवा आयोगले ल्याएको विज्ञापन संघियता र समावेशीताको मर्म विपरीत भएकोमा आफुहरुको घोर आपत्ती रहेको बताए । आफुहरुलाई समावेशीतानै चाहीने भन्दै सरकारले संविधान विपरीत ल्याएको विज्ञापन फिर्ता लिनुपर्ने यादवले धारणा राखे ।
पार्टीकै प्रादेशीक अभिमुखीकरण गोष्ठीमा सहभागी हुन धनगढी आएका समाजपार्टीका अर्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले कांग्रेस र कम्युनिष्टहरुको भरपर्दो विकल्पको रुपमा समाजवादी पार्टीलाई स्थापीत गर्नुनै आफुहरुको मुख्य उद्देश्य रहेको बताए ।
भट्टराईले भने –‘कांग्रेस त्यसैपनी ओरालौ लागदै गएको छ, अनी दुई तिहाई प्राप्त कम्युनिष्ट सरकारले पनी जनतालाई आशा जगाउने खालका कुनैपनी काम गरेन र सबै तिर यो सरकार असफल भईरहेको छ ।’ निर्मला हत्या प्रकरण देखी स–साना प्रकरणमा असफल भईरहेको दुई तिहाई सरकारले विगतमा भएका राजनितीक आन्दोलनका उपलब्धी र संविधानको मर्म विपरीत निकालेको लोकसेवा आयोगको विज्ञापनले जनताहरुमा निराशा मात्रै जागेको बताए ।
कम्युनिष्ट सरकारपर्ती जनताहरुको बढ्दो निराशाको अन्तीम विकल्पनै समाजवादी पार्टी भएको भट्टराईले दाबी गरे ।