धनगढी,७ असोज । एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशको महिला टिमले सात खेलमा ४६ गोलको क्षति बेहोर्न बाध्य भएको छ। ती सबै खेलमा सुदूरपश्चिमको टिमले हार बेहोरेको छ।
भदौ १७ गते सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले बागमती यूथ क्लबसँग ५–१ को हार बेहो¥यो । खेल अवधिभर सुदूरपश्चिम निकै कमजोर देखिएको थियो । खेलाडीहरूबिच तालमेल समेत राम्रो थिएन ।
प्रशिक्षक दिनेश लामा योञ्जन पहिलो रोजाइको टिम नहुँदा धेरै गाह्रो भएको बताएका थिए । ‘टिम र सङ्घको विवादका कारण दुई दिनमा मैले यो टिम लिएर आएको हुँ’, पहिलो खेलपछि योञ्जनले भने, ‘पहिलो रोजाइको टिम भएको भए धेरै सहज हुने थियो ।’
फेरी भदौ २२ गते भएको एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशको महिला टोलीको लज्जास्पद हार वेहोेर्यो । दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि ९–० को फराकिलो जित हासिल गरेको थियो । फेरी भदौ २५ गते भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४–१ को अन्तरले हरायो ।
यस्तै एन्फा महिला लिगमा सुदूरपश्चिमको लगातार चौथो हार बेहोरायो । सातदोबाटोस्थित एन्फा खेल मैदानमा भदौ २८ गते शुक्रवार भएको खेलमा चन्द्रपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई ४–० ले पराजित ग¥यो। फेरी भदौ ३१ गते भएको खेलमा स्याङ्जाको वालिङ नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हरायो ।
आश्विन २ गते फेरी सुदूरपश्चिमले लगातार छैटौँ हार बेहोरेको छ। उक्त खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिमलाई ३–० ले हरायो । असोज ५ गते भएको खेलमा पनि सुदूरपश्चिम हा¥यो । सङ्कटा फुटबल क्लबले सुदूरपश्चिममाथि ६–० गोल वर्षाएको थियो । यसको मुख्य कारण टिम र सङ्घको विवादका हो ।
यी खेलमा सुदूरपश्चिमको हारको मुख्य कारण पुरानो टिमका खेलाडीहरूको माग पूरा नगर्दा उनीहरूलाई खेलमा सहभागी नगराउनु हो । पछि सुदूरपश्चिम फुटबल सङ्घले नयाँ टिमलाई खेलमा सहभागी गराएको थियो । जसको कारण सुदूरपश्चिम फुटबल टिमले सात ओटै खेलमा पराजित हुन पुग्यो ।