काठमाडौं । नेपाल प्रेस युनियनले चैत तेस्रो साता महाधिवेशन गर्ने भएको छ । युनियनको नवौं महाधिवेशन चैत २१ र २२ गते नेपालगञ्जमा गर्ने निर्णय भएको युनियनका कोषाध्यक्ष सरोज अधिकारीले जानकारी दिए ।
कार्यकाल सकिएको लामो समय भइसक्दा पनि महाधिवेशन गर्न नसकेको आरोप खेपिरहेको वर्तमान केन्द्रीय समितिले चितवनमा जारी केन्द्रीय समिति बैठकमा महाधिवेशन मिति टुंगाएको हो ।
त्यस्तै, बैठकले अधिवेशन गर्न बाँकी रहेका जिल्लाहरुमा माघ मसान्तसम्म अधिवेशन सक्ने भएको छ ।
युनियनको अधिकांश जिल्लामा अधिवेशन सकिए पनि काठमाडौं, ललितपुर, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लामा अधिवेशन हुन बाँकी छ । युनियनको केन्द्रीय समिति बैठक चितवनमा जारी छ ।