समितिले बुझायो आयोगका पदाधिकारीको नाम
काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिाको दानविन आयोगको अध्यक्ष सिफारिस भएको छ । मेलमिलाप आयोगको अध्यक्षमा डा। गणेश भट्ट र छानविन आयोगमा युवराज सुवेदीको नाम सिफारिस भएको हो ।
सिफारिस समितिले शनिबार कानूननमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो । स्रोतका अनुसार भोलि नै मन्त्रिपरिषदले उनीहरुलाई नियुक्त गर्नेछ । सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्षसहित पाँच र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षसहित पाँचजना सदस्यको नाम सिफारिससहितको प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन मन्त्री ढकालमार्फत सरकारसमक्ष बुझाइएको मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता कमलराज गौतमले विज्ञप्ति जारी गरि जानकारी दिएका हुन् । बैठकमा दुवै आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समितिले सिफारिस गरेका व्यक्तिलाई मन्त्रिपरिषद्बाट नियुक्ती गर्नेमा पनि सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए । ‘समितिले नाम सिफारिस गर्ने बित्तिकै नाम मन्त्रिपरिषद्ले नियुक्ती गर्नुपर्दछ’, उनले भने ।
गत चैत मसान्तदेखि आयोग पदाधिकारीविहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुंगिन सकेका छैनन् । यसैबीच, नेताहरूबीच दुवै आयोगसम्बन्धी विधेयकमाथिको संशोधन सहमतिका आधारमा ल्याउने समझदारी भएको छ ।
