धनगढी, ५ भदौ / कैलाली बहुमुखी क्याम्पस धनगढीमा सफल नेपालको आयोजनामा २ दिने डिजिटल अधिकार सम्बन्धि कार्यशाला समापन गरिएको छ। कैलाली बहुमुखी क्याम्पसमा बिएस्सी सीएसआटी , पत्रकारिता र अन्य संकायमा अध्ययनरत ३५ जना विद्यार्थीको सहभागीतामा कार्यशाला गरिएको कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत विद्यार्थी तथा २ दिने कार्यशालाका प्रशिक्षक प्रविन चन्दले बताए।
बढ्दै गएको प्रविधिको विकास र त्यो सँगै बढेको साइबर अपराधले डिजिटल माध्यम चलाउन समस्या भैरहेको जटिल अवस्थालाई आत्मसाथ गरी विद्यार्थीहरुलाई सचेत गराउन र आफु सिकेर अरुलाई सिकाउन सकुन भन्ने उद्देश्यले डिजिटल अधिकार सम्बन्धी कार्यशाला गरेको कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत विद्यार्थी तथा कार्यशालाका अर्का प्रशिक्षक पदम बहादुर साउदले बताए।
२ दिने कार्यशालाबाट आफ्नो डिजिटल अधिकार सुनिश्चित गर्न र डिजिटल माध्यमबारे थप जानकार र जिम्मेवार बनाएको कार्यशालामा सहभागि भएका विद्यार्थी महेश राज जोशीले बताए।
हामीले प्रयोग गरीरहेको डिजिटल माध्यमलाई कसरी ब्यबस्थित गरेर चलाउने र सत्य तथ्य सुचना कसरी खोज्ने भन्ने बारे सिक्ने अवसर मिलेको कार्यशालामा सहभागि भएकी विद्यार्थी यर्जिना बुढाले बताइन्।
कार्यशालामा सहकार्य डिजिटल राइट एड्भोकेट नेटवर्क सुदूरपश्चिम र बोलन्या थलीको रहेको कैलाली बहुमुखी क्याम्पसमा मानविकी संकायमा अध्ययनरत विद्यार्थी तथा कार्यशालाका अर्का प्रशिक्षक सन्तोष रावलले बताए।
कार्यशालाको समापन समारोहको अध्यक्षमा सफल नेपालकी अध्यक्ष रुपा रानी राई , प्रमुख अथितिमा प्राध्यापक तथा क्याम्पस प्रमुख तोयाराज भट्ट, विशिष्ट अथितिमा प्राध्यापक संघका सभापति डा शिव प्रसाद सापकोटा र स्ववियुका उपसभापति, सचिव, सदस्य र सहभागि विद्यार्थीहरुको उपस्थिति रहेको थियोे।
समापन समारोहमा कार्यशालामा सहभागि भएका सम्पूर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको प्रशिक्षक पदम बहादुर साउदले बताए।
कार्यशालाको प्रशिक्षकमा कैलाली बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत विद्यार्थी प्रविन चन्द, पदम बहादुर साउद, आशिष भट्ट , दिपक बैलकोटी र मानविकी संकायमा अध्ययनरत विद्यार्थी सन्तोष रावल रहनु भएको थियो।