१९, साउन / काभा नेसन्स लिगमा नेपालले भारतलाई हराएको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको रोमाञ्चक खेलमा नेपालले भारतलाई ३ \२ सेटले हराएको हो । खेलमा नेपालले पहिलो सेट २५ \१८ ले जितेको थियो। दोस्रो सेटमा भारत २५ \१२ ले जितेसँगै खेल १ \ १ को स्थितिमा आयो । तेस्रो सेटमा नेपालले २५ ९\१७ ले जित्यो भने चौथो सेटमा भारत २५ \ १८ ले विजयी भयो । निर्णायक पाँचौं सेट १५ \१३ ले विजयी भएसँगै नेपालले ऐतिहासिक जित निकाल्यो।
यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को सागको फाइनलमा दशरथ रंगशालामा थियो । उक्त खेलमा नेपाल ३–२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । भारतले पहिलो खेलमा ईरानलाई ३–१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो । प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंकाको सहभागिता छ ।