धनगढी ११ साउन/धनगढी स्थित नोभा अस्पतालमा कञ्चनपुरका १७ वर्षीय नसिभ चौधरीको उपचारका क्रममा मृत्यु भएपछि उनकी आमा अस्पतालमै बेहोस अवस्थामा छन् ।अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको आरोप लगाउदै मृतककी आमा अस्पतालमै बेहोस अवस्थामा रहेकी मृत्यकका मामा रामकृष्ण चौधरी जानकारी दिए ।
बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि अस्पताल आएका थिए । उनलाई समान्य जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो । पहिलो दिन अवस्था सामान्य रहेको रामकृष्ण चौधरीले बताए ।
उनले भने “ पहिलो दिन अवस्था सामान्य थियो , पछि उपचारकै क्रममा जटिल हुँदै गयो । अस्पतालमा बिरामी वास्ता पनि नगर्ने,फेरि उपचार पनि नगर्ने , आज अन्तिम अबस्थामा ४ बजे मुटुको उपचार गर्ने डाक्टर र यन्त्र उपकरण छैन अन्तै व्यवस्था गर्नुहोस भनेर रिफर गर्याे ,“नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाएका छन् ।
परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेपनि वास्ता उनको आरेप छ । यस्तै अहिले उनीहरूले शव नबुझ्ने अडान लिएका छन् । उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको जनाएको छ। यस घटनाले अस्पताल परिसरमा तनावको स्थिति सिर्जना गरेकोमा प्रहरी खटिएको छ । त्यस्तै आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् ।