धनगढी, ४ साउन/नेपालको सिमा भारतिय गौरीफन्टाको भन्सारमा अब अनलाइन बिलिङ्ग हुने भएको छ । ईन्टरनेटको समस्याका कारण गौरीफन्टा कस्टमबाट सामान नेपाल निर्यात गर्न समस्या भैरहेको थियो । गौरीफन्टा सीमा भन्सारलाई बीएसएनएलले ईन्टरनेटको पहुच बनाएपछि अब पूर्णरूपमा कम्प्युटराइज बिलिङ्ग हुने भएको छ ।
‘यस अघि गौरीफन्टा भन्सारमा अफलाईनमा काम हुने भएकोले ठुला निर्यातकर्ताअरुले अन्य भन्सारको प्रयोग गर्ने गरेका थिए’ कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने–‘अब नेपाली निर्यातकर्ताहरु यसै सिमा प्रयोग गर्ने भएका छन् ।’ यो निका प्रयोग गर्दा ढुवानी लागत पनि कम हुने उनले बताए । नेपाल–भारत सीमाअन्तर्गतको गौरीफन्टा नाका अनलाइन नभएकाले अन्य ठूला नाकाहरू पूर्णरूपमा अनलाइन भएकाले यस नाकाबाट व्यापारमा कमि भएको थियो ।
कैलाली उद्योग बाणिज्य संघ र पलियाका व्यापारीहरु मिलेर यो नाकालाई व्यबस्थीत गराउन पहल अन्तरगत आज गौरीफन्टा सिमाको कस्टमलाई पुर्ण रुपमा अनलाइन भुक्तानीको व्यबस्था मिलाएको पलियाका व्यापारी तथा भाजपा नेता रवि गुप्ताले बताएका छन् । अब गौरीफन्टा भन्सार अनलाइन (कम्प्युटराइज), क्षेत्रीय व्यापारीले लाभ पाउने गुप्ताले बताएका छन् ।
बिहिबार कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर र पलियाका व्यापारी तथा भाजपा नेता रवि गुप्ताले संयुक्त रुपमा आनलाइन भुक्तानी सेवाको उद्घाटन गरेका छन् । कार्यक्रममा भन्सार अधिकृत (सुपरिटेन्डेन्ट) डीपी सिंह, भन्सार निरीक्षक (निरीक्षक) मनिषकुमार ओझा, भन्सार हवलदार रामलाल सैनी र देवेन्द्र सिंहको उपस्थितिमा पहिलो गाडीलाई नेपाल पठाईएको थियो। ट्रांसपोर्टर देवराज गर्ग, नागेंद्र चौधरी, अन्य उपस्थित बंधुजन केवल राना, संजय मुर्मू, विक्की दिवाकर, नितिन सिंह, अमित सिंह, आकाश सिंह, अमर ऐर, हरिओम राना, पटवारी राना कार्यक्रममा सहभागि रहेका थिए । उद्घाटन गर्नु पुर्व कस्टम कार्यालय पर विधिवत पुजापाठ र हवन गरी शुभारम्भ गरिएको थियो ।