केही दिनदेखि पश्चिमी वायुको प्रभावले मौसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि आजदेखि मौसम सुधार हुने मौसमविद्ले बताएका छन्। मौसम पुर्वानुमान महाशाखाले शनिबारदेखि सोमबारसम्म देशभरको मौसम सफा रहने जनाएको छ।
अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै हट्दै जाने जानेछ। कुहिरो हटे पनि देशको मध्य र पूर्वका आकाशमा भने आंशिकरुपमा बादल लाग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताए।
तर बेलुकाको समयमा भने मध्य र पूर्वी पहाडी भेगका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ। काठमाडौ उपत्यकाको शुक्रबार बिहान पौने ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ। चिसोका बेला शरीरलाई न्यानो बनाइ राख्न तथा तातो झोलिलो खानेकुरा धेरै खान डाक्टरको सुझाव छ।