• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिम सरकारले बाडेका एम्बुलेन्स : ब्रेक लाग्दैन, इन्धन तेब्बर खान्छ गति सुस्त

१२ बर्षदेखि २००६ उत्पादन बर्ष भएको पूरानो एम्बुलेन्स चलाउँदै आएका डोटी अस्पतालका एम्बुलेन्स चालक रतन धामीले दुई महिना अगाडी मात्रै प्रदेश सरकारले बाडेको नयाँ एम्बुलेन्स चलाउने जिम्मेवारी पाए। पूरानो एम्बुलेन्सनमा साढे चार घण्टामा डोटीबाट विरामीलाई धनगढी पुगाउने धामीले नयाँ एम्बुलेन्स पाएपछि अझै छिटो पुगाउन सकिन्छ कि ? भन्ने सोचेका थिए।

तर टाटा कम्पनीको ४०७/०३१–४ २१२१ मोडेलको उक्त एम्बुलेन्स (मिनी ट्रक) मा डोटीबाट विरामीलाई धनगढी पुगाउन साढे ७ घण्टा लाग्न थालेको छ। ‘दुई महिनाको अवधीमा डोटीबाट– धनगढी ८ पटक सम्म विरामी पुगाएको छु। विरामीलाई छिटो पुगाउन पर्ने हुन्छ। तर ठूलो गाडी भएकाले धेरै समय लाग्न थालेको छ।’ उनले भने।

उनका अनुसार एक चक्के मिनी ट्रक हुँदा पहाडमा चिप्लिने समस्या छ भने छिट्टै ब्रेक तात्ने भएकाले ब्रेक नै नलाग्ने समस्या पनि आउने गरेको छ। यस्ले दुर्घटनाको जोखिम पनि बढाएको छ। नयाँ एम्बुलेन्स निकै खर्चिलो भएको गुनासो समेत उनको छ। ‘१४ बर्ष पूरानो एम्बुलेन्स चलाएर डोटीबाट धनगढी पुग्दा ३८ लिटर मात्रै ईन्धन खर्च हुने गरेको थियो,’ उनले भने, ‘अहिले प्रदेश सरकारको नयाँ एम्बुलेन्समा धनगढी पुग्दा ६५ लिटर ईन्धन खर्च हुने गरेको छ।’

उता डडेल्धुराको नवदुर्गा स्वास्थ्य चौकीका एम्बुलेन्स चालक राजेन्द्र कैनीले पनि एम्बुलेन्स चलाउँदा ब्रेकमा समस्या देखिएको बताए। ‘ब्रेक एकै पटक तात्ने र ढिलो गरी लाग्ने समस्या थियो,’ उनले भने, ‘सिपर्दीमा लगेर मर्मत गरेपछि अहिले फेरी चलाईरहेको छु।’

एम्बुलेन्स सम्बन्धीकै एक जना जानकारले दिनेश खवरलाई भने– ‘ब्रेक नलाग्ने र ब्रेक फेल हुने समस्याका कारण टाटा कम्पनीको ४०७ मोडेल असफल भईसकेको हो। त्यस्तो मोडेलको गाडीलाई एम्बुलेन्स बनाएर पहाडमा पठाउँदा जोखिम बढ्छ। विरामी बोकेकै एम्बुलेन्स दुर्घटनामा पर्न सक्छ।’ विरामी बोक्ने एम्बुलेन्स नै सुरक्षित नभएपछि अहिले धेरै चालहरु समेत चिन्तित भएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारले बाडेको एम्बुलेन्स सञ्चालनको जिम्मा स्थानीय तहलाई दिईएको छ। तर स्थानीय तहहरु भने एम्बुलेन्सको खर्च व्यवस्थापनका लागि चिन्तीत हुन थालेका छन्। सुदूरपश्चिममा सबैभन्दा बढि सञ्चालनमा आएका महिन्द्राका एम्बुलेन्सहरु एक लिटर ईन्धनमा औसतमा १२ किलोमिटर सम्म गुड्ने गरेका छन्।

तर प्रदेश सरकारले बाडेको एम्बुलेन्स एक लिटर ईन्धनमा ४ किलोमिटर मात्रै चल्ने गरेको छ। जस्का कारण ईन्धन खर्च नै तीन गुणा बढी आउने भएपछि स्थानीय तहहरु अहिलेदेखि नै चिन्तीत भएका हुन्। एक नगरपालिकाका मेयरले भने– ‘ईन्धनमै तीन गुणा बढि खर्च आउँदैछ। खर्च बढि आएर सुविधा पाए त ढिकै हो तर उक्त एम्बुलेन्समा विरामीलाई छिटो पुगाउ पनि सकिन्न।’

ईन्धन खर्च मात्रै नभएर मर्मत सम्भारमा पनि प्रदेश सरकारले बाडेको एम्बुलेन्स निकै खर्चिलो छ। महिन्द्राको एम्बुलेन्सको टायर भन्दा प्रदेश सरकारले बाडेको टाटा कम्पनीको एम्बुलेन्सको टायर तीन हजार महंगो पर्ने गरेको छ। प्रदेश सरकारले मिनी ट्रकलाई एम्बुलेन्स बनाएर वितरण गर्दा प्रति एम्बुलेन्स खरिदमा ३९ लाख बढि खर्च गरेको छ।

त्यस्मा झण्डै १३ लाखको उपकरण समेत जोडिएको दावी प्रदेशको सामाजिक विकास मन्त्रालयको छ। तर महिन्द्राको एसि सहितको एम्बुलेन्स १० लाख ५४ हजारमा धनगढी पुग्छ। समाचार स्रोतले भन्यो– ‘प्रदेश सरकारले एउटा एम्बुलेन्स खरिद गर्दा लगाएको खर्चमा चार वटा एम्बुलेन्स खरिद गर्न सकिने थियो। एम्बुलेन्स खरिदको नाममा राज्यको ढुकटी सक्ने काम भयो।’

यता प्रदेशको सामाजिक विकास मन्त्रालयले भने सन २०१९ नै उत्पादन बर्ष भएका १६ वटा एम्बुलेन्स खरिद गरी वितरण गरेको दावी गरेको छ। मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले सञ्चालनमा केही समस्या भयो भन्दै सामान्य गुनासो आएपनि उनीहरुलाई सिपर्दीमा सम्पर्क गर्न भनिएको बताए।

सप्लायर्सको जिममा पाएको सिपर्दी ट्रेडर्सका सेल्स म्यानेजर देव थपलियाले पनि उत्पादन बर्ष २०१९ नै भएको दावी गरे। पहाडी क्षेत्रमा सञ्चालन गर्न भने केही असहजता हुने सिपर्दीले समेत स्वीकार गरेको छ।

बिहिबार, पुष २४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.