• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रादेशिक बस सेवा सञ्चानको तयारी

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक बस सेवा सञ्चालनको तयारी गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राधिकरणमार्फत प्रादेशिक बस सेवा सञ्चालनको तयारी गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले दीगो रुपमा बस सेवा सञ्चालन गर्न प्राधिकरणमार्फत सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । मन्त्रालयले बस सेवा सञ्चालनका लागि प्राधिकरण गठनको प्रारुप मस्यौदा तयार गरिरहेको जनाएको छ ।

प्रादेशिक यातायात तथा सडक पूर्वाधार निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले भने– बस खरिद गरेर सडकमा गुडाउनु ठुलो कुरा होइन । यसको दिगो व्यवस्थापन गर्नु आवश्यक हुन्छ । उनले प्रदेशमा दीगो रुपमा बस सेवा सञ्चालन गर्न प्राधिकरण उपयुक्त हुने बताए ।

निर्देशक भट्टले भने– मन्त्रालयले प्राधिकरणको मस्यौदा तयार गरेको छ । सो मस्यौदा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकबाट पारित भएपछि थप कार्य अघि बढ्नेछ ।

उनका अनुसार गठन आदेशको प्रारुप तयार भएपछि बस सञ्चालन गर्ने जिम्मेवारी प्राधिकरणको हुने छ । उनले यसको विधि तयार गर्न अझै एक डेढ महिना लाग्ने बताए । उनले भने– एक डेढ महिनामै मन्त्रालयले प्राधिकरणको गठन प्रारुप तयार गरिसक्ने छ । त्यसपछि बस सेवा सञ्चालनका लागि विनियोजन गरिएको बजेट प्राधिकरणले नै सञ्चालन गर्ने छ ।

मन्त्रालयका अनुसार प्राधिकरणमा नीति निर्माण गर्ने बोर्ड हुनेछ भने काम गर्नका लागि कर्मचारी संगठन रहने छ । बस सेवा सञ्चालनलाई व्यवस्थापन तथा नियन्त्रण गर्ने जिम्मेवारी प्राधिकरणको नै हुने उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रमबाट प्रादेशिक बस सेवा सञ्चालन कार्यक्रम समावेश गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ को बजेटबाट ग्रिड कन्स्ट्रक्सनमार्फत प्रदेश वस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गराएको थियो । अध्ययनले पहिलो चरणमा प्रदेशभरी नै बस सेवा सञ्चालन गर्न सम्भव नरहेको उल्लेख गरेको छ ।

अध्ययन प्रतिवेदनमा पहिलो चरणमा तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर तथा पहाडको डोटी र डडेल्धुरामा बस सेवा सञ्चालन गर्न सकिने उल्लेख छ । निर्देशक भट्टले भने– अध्ययनले पहिलो चरणमा चार जिल्लामा र विस्तारै सबै प्रदेशमा बस सेवा सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ ।

अध्ययन प्रतिवेदनमा प्रदेशमा विद्युतीय बस वा इन्धन बस सञ्चालन गर्ने पनि उल्लेख गरिएको छ । अध्ययन प्रतिवेदनमा भनिएको छ– विद्युतिय बसलाई चार्ज गर्न विद्युत सब स्टेशनहरुको आवश्यक हुन्छ । त्यसैले डिजेल बस नै सञ्चालन गर्नु उपयूक्त हुने छ ।

मन्त्रालयले गत आर्थिक वर्ष बस सेवा सञ्चालनका लागि २० करोड रुपैया विनियोजन गरेकोमा १३ लाख रुपैया खर्च गरेको जनाएको छ । चालू आर्थिक वर्ष २०७६/०७७ मा मन्त्रालयले सोही कार्यक्रमका लागि १३ करोड रुपैया विनियोजन गरेको जनाएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहराले सुदूरपश्चिम प्रदेश सरकारको प्राथमिकता प्राप्त कार्यक्रम भएकाले पनि यसलाई बढी गम्भिर भएर अघि बढाउने प्रयास गरिरहेको बताए । मन्त्री बोहराले भने– बस खरिद गरेर ल्याउन ठुलो कुरा होइन, तर ल्याइसकेपछि कसरी गुडाउने, त्यसको व्यवस्थापन कसरी गर्ने लगायतका महत्वपूर्ण कुरामा गम्भिर हुनुपर्छ ।

हतारमा बस, व्यवस्थापनमा चुनौति
सुदूरपश्चिम प्रदेशको डोटी जिल्लाको शिखर नगरपालिकाले नगर बस सञ्चालन गर्न लागेको एक वर्ष पुग्न लाग्यो । नगरभित्र बस सञ्चालन गर्दा उपलब्धी मानेको भए पनि शिखर नगरपालिकालाई अहिले व्यवस्थापनमा चुनौति थपिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले नगर बस सञ्चालन भए पनि व्यवस्थापन गर्न चुनौति थपिएको बताए । उनले भने–चालक, सहचालक, गाडि मर्मत, इन्धन खर्च आदिको व्यवस्थापन गर्न समस्या भइरहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत बिनाडीले नगरपालिकाले गत आर्थिक वर्षको अवधिमा १८ लाख रुपैया आम्दानी गरेको थियो । उनले भने– आम्दानी भएको रकम चालक, सहचालक, इन्धन र मर्मत लगायतमै खर्च भएको थियो ।
नगरपालिकाले बस सेवा सञ्चालन गर्नुअघि राजनीतिक आधारमा सञ्चालन समिति गठन गरेको थियो । नगरपालिकाले नगर बस सेवाको प्रभावकारी अनुगमन गर्न नसक्दा आम्दानी बढ्न नसकेको जनाइएको छ । प्रमुख प्रशासकीय अधिकृत विनाडीले भने– गत वर्ष त हामीले जसोतसो व्यवस्थापन गरेका थियौ, तर अब सक्ने अवस्था छैन । उनले नगरपालिकाले अब नीजि क्षेत्रसंग सम्झौता गरेर नगर बस सेवा सञ्चालन गर्ने योजना बनाइरहेको बताए । उनले भने–नीजि क्षेत्रबाट अगाडि बढाऔं भनेको त्यो पनि हुन सकेको छैन ।
त्यस्तै, डोटीकै पूर्वीचौकी गाउँपालिकाले चौखुट्टेदेखि सिलगढीसम्म बस सेवा सुरु गरे पनि अहिले व्यवस्थापनमा समस्या भइरहेको छ ।
गाउँपालिकाले दुई वटा बस सञ्चालन गरेको थियो । गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर खडकाले भने– गाडिबाट संकलन भएको रकम सिधै बैंक खातामा आउँछ । गाडीको मर्मत, इन्धन, चालक लगायतको खर्च गाउपालिकालेनै व्यहोर्ने गरेको छ । उनले बस सेवाबाट संकलन भएको रकम यी कामका लागि अपुग भइरहेको बताए ।
पूर्वीचौकी सुदूरपश्चिम प्रदेशमा आफनै यातायात सञ्चालन गर्ने यो पहिलो गाउँपालिका हो । चौखुट्टेदेखि सिलगढीसम्मको सार्वजनिक यातायातमा एक सय ५० रुपैया भाडा लिने गरेको भए पनि गाउँपालिकाले एक सय १० रुपैयाँ मात्र कायम गरेको छ ।

बिहिबार, पुष २४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.