धनगढी ११ असार/कैलालीको धनगढी उपमहानगरपालिका–४ शहीद गेटमा रहेको सौंराइ स्क्वायरले १३५ रुपैयाँमै खाना खुवाउन ‘सौराइ थाली’ सुरु गरेको छ । धनगढीमा बढ्दो चापलाई मध्यनजर गर्दै सबैलाई कुम मुल्यमै गुणस्तरिय खाना खाउने उदेश्यका साथ ‘सौराइ थाली’को सुरुवात गरिएको सौंराइ स्क्वायरका सञ्चालक उमेश विक्रम शाहले जानकारी दिएका छन् ।
उनका अनुसार सौराइ थालीअन्तर्गत रु १३५ मा भेज खाना उपलब्ध गराइनेछ । सौंराइ स्क्वायरमा हरेक कुरा महँगोमा मात्रै पाइन्छ भन्ने भ्रमलाई चिर्नका लागि पनि सस्तोमा सौंराइ थाली सुरु गरिएको सञ्चालक शाहले बताए । सौराईले रेस्टुरेन्ट, पार्टी प्यालेस, वालवालिका लागि रमाईलो पार्क, शारिरीक व्ययामका लागि फटुसल हलको पनि सेवा रहेको छ । एक हजार जना अटाउने एसी सहित सेमिनार र पार्टी हल समेत उपलब्ध रहेको संचालक शाहले बताएका छन् । सवारी साधनका ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै सौंराइ स्क्वायरमा प्रसस्त पार्किङ्गको सुबिधा समेत राखेको छ ।
‘हाम्रोमा सबै किसिमका ग्राहकहरू आउँछन्। कोही महँगो पैसा तिर्न सक्छन् त कोहीसँग कम पैसा पनि हुन सक्छ। उहाँहरूलाई कम मूल्यमा खाना उपलब्ध गराउन सकूँ भन्ने हाम्रो लक्ष्य छ, थपिथपि खान मिल्छ,’ उनले भने, ‘हाम्रो यहाँ एसीको पनि उचित व्यवस्था छ। यस्तो गर्मीमा ग्राहकहरू सस्तो मूल्यमा खाना खान सक्छन्।’ सौंराइ थाली बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै उपलब्ध गराउन सकिने सञ्चालक शाहले जानकारी दिए।