• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

धनगढीको एसपीए कलेजमा ‘धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४’ सुरु

धनगढी,७ असार । धनगढीको एसपिए कलेजमा ‘धनगढी खुला स्क्र्याबल प्रतियोगिता २०२४’ सुरु भएको छ । एसपीए स्पोर्टस क्लब र स्क्र्याबल क्लब धनगढीको संयुक्त आयोजनामा शुक्रबारबाट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिता ८ गतेसम्म सञ्चालन हुनेछ । जुनसुकै उमेर समूहका विद्यार्थीले पनि भाग लिन पाउने उक्त प्रतियोगितामा हाल कञ्चनपुर, कैलाली, दाङ, रुपन्देही, नवलपरासी, चितवन, कास्की र हेटौडा गरी ८ जिल्लाका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेली सकेका ११ देख २६ वर्ष उमेर समूहका खेलाडीहरू सहभागी भएका छन् । पहिलो दिन १० खेल खेलाईएको प्रतियोगितामा दोस्रो दिन ५ खेल खेलाइने आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, स्थानीय परिकारहरूको स्वाद लिन पाइनुका साथै विभिन्न स्थानबाट आउने प्रतियोगीहरूलाई आवासको व्यवस्था पनि गरिएको एसपिए स्पोट्र्स क्लबका अध्यक्ष गोबिन्द भट्टले जानकारी दिए । त्यसका साथै धनगढी क्षेत्रको भ्रमण गराइने व्यवस्था मिलाइएको पनि उनले बताए ।

के हो स्क्र्याबल खेल ?
स्क्र्याबल क्लबका केन्द्रीय अध्यक्ष केशव प्रसाद पराजुलीका अनुसार दोस्रो विश्व युद्ध पश्चात् इ.सं. १९३८ बाट सुरु भएको स्क्र्याबल खेल एक शब्द सोच्न सक्ने शक्तिको विकास गर्ने खेल हो । स्क्र्याबल बालबालिका देखी जुनसुकै उमेर समूहका व्यक्तिहरूले पनि खेल्न मिल्छ भने यो स्बोर्डमा ‘पजल’ मार्फत अक्षरहरूको संयोजन गरेर अङ्ग्रेजी शब्द निर्माण गर्न सिकाइने पद्धति हो ।

अन्य खेलहरूले शारीरिक तन्दुरुस्ती लगायतका विषयहरूमा बढी महत्वपूर्ण भूमिका खेले जस्तै यो खेलले पनि बौद्धिक तथा मानसिक रूपमा मानवलाई अब्बल बनाउने पराजुलीको भनाई छ । स्क्र्याबल खेल नेपालमा पहिलो पटक सन् २०१५ मा सुरुवात गरिएको थियो । शब्दको खेलका रूपमा लिइने यो खेलले विद्यार्थीमा सिकाइप्रति उत्प्रेरणा जाग्ने, शब्द भण्डारको वृद्धि हुने, खेलमै सिकाइ हुने, स्मरण शक्तिको विकास हुने, विद्यार्थीलाई रचनात्मक बन्न प्रेरित गर्ने गरेको देखिन्छ ।

जसमा दुई देखि चार जनासम्म खेलाडीहरूले शब्दहरू निर्माणका लागि विभिन्न बिन्दुमानहरूको ‘काउन्टर’ प्रयोग गर्ने गर्छन् भने साधरणतया दुई जनाको बिचमा खेल खेलाइँदै आएको पाइन्छ । स्क्र्याबल खेलको नेपालीमा पनि खेलाइने व्यवस्था भए पनि हाल अङ्ग्रेजी अक्षरहरू मा नै खेल्ने प्रचलन बढी छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले खेलाडी तथा सम्पूर्ण सहभागीहरू लाई क्रिकेटको सहर धनगढी तथा एसपीए कलेजमा स्वागत गरेका थिए । त्यस्तै, कलेजका प्रबन्ध निर्देशक सुवास विक्रम शाहीले विभिन्न खेलकुद गतिविधिहरू बारे जानकारी दिँदै प्रतियोगीहरू लाई सफलताको शुभकामना व्यक्त गरे ।

शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.