धनगढी, पुस १८ – कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लवको व्यवस्थापनमा धनगढीमा प्रथम विद्यालय स्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
यही पौष २७ गतेदेखि माघ ४ गतेसम्म धनगढीको संघीय ईकाई प्रहरी सेती कार्यालयको खेल मैदानमा हुने प्रथम विद्यालय स्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा धनगढी क्षेत्रका ७ विद्यालयको सहभागिता रहनेछ ।
प्रतियोगितामा त्रिभुवन उमावि बोराडांडी, ब्रोडभिजन एकेडेमी चटकपुर, राष्ट्रिय मावि उत्तरबेहडी, शारदा उमावि बैय्याबेहडी, क्यास्पियन एकेडेमी बालमन्दिर, एरिस्टो इ.बो.स्कुल क्याम्पसरोड, र धनगढी उमावि धनगढी गाउँले प्रतियोगितामा सहभागीता जनाउने कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा सहभागी ७ वटै टिमहरुलाइ दुई समुहमा बिभाजन गरि प्रतियोगिता सञ्चालन गरिने प्रतियोगिता संयोजक ज्ञानेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।