धनगढी, ९ जेठ/सुदूरपश्चिममै पहिलोपटक धनगढीको निसर्ग हस्पिटलमा थाइरोइडको सफल शल्यक्रियाभएको छ । नाक, कानतथा घाँटी रोग विशेषज्ञ डा. सुमन थापा, फिजिसियन डा. हितेश जोशी, एनेसथेसियोलोजिष्ट डा. हेमन्तओझा र डा.सुशील भट्ट लगायतको टोलीले सुदूरपश्चिममै पहिलोपटक सफल शल्यक्रिया गरेका हुन् ।
यसअघि थाइरोइडका विरामी महँगो पैसा तिरेर सुदूरपश्चिम बाहिर तथा भारतका विभिन्न सहर धाउन बाध्य थिए । प्रायःबिरामी भने औषधि सेवन गरेरै रोक थामको उपाय अपनाउने गरे पनि निसर्ग हस्पिटलको विशेषज्ञ सहितको चिकित्सक टोलीले थाइरोइडको शल्यक्रिया सफल रुपमा गरेपछि विरामीमा खुसी सञ्चार छाएको छ ।‘थाइरोइडको सुरुवाती चरणदेखि २ वर्षको अवधि सम्मनियमितऔषधि सेवनबाट थाइराइड ग्रन्थी नियन्त्रण हुन्छ,’ फिजिसियन डा. हितेश जोशीले भने,‘यदि औषधि सेवनबाट नियन्त्रण हुन नसकेमा शल्यक्रिया नै अन्तिम उपाय हो ।’
अहिले सम्म सुदूरपश्चिममा थाइरोइड रोगको शल्यक्रिया कुनै अस्पतालमा हुन नसकेको बताउँदै उनले भने,‘हाम्रो विशेषज्ञ सहितको टोलीले भने पहिलोपटक सफल शल्यक्रिया निसर्ग हस्पिटलमा गरेको छ ।’ शल्यक्रियाका लागि चाहिने आवश्यक अत्याधुनिक उपकरणले सहज भएको उनी बताउँछन् । सुदूरपश्चिममा थाइरोइडका बिरामी अत्याधिक छन् । डाक्टरको नियमित परामर्शमा विरामीहरु औषधि सेवन गरेर थाइरोइडलाई नियन्त्रण गरिरहेका छन् ।