धनगढी, पुस १८- कैलाली जिल्ला खेलकुद विकास र भायो नेट बीच सम्झौता भएको छ । धनगढी रंगशालामा बाह्ै महिना निशुल्क ईन्टरनेट उपलब्ध गराउने सम्झौता भएको हो ।
कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष बाबुराजा श्रेष्ठ र भायो नेटका सुदुरपश्चिम ईन्चार्ज अशोक खाती बीच निशुल्क ईन्टरनेट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
खेलाडीहरुलाई विशेष सुविधा दिनुका साथै रंगशालामा आयोजना हुने ठुला प्रतियोगितामा अझ आवश्यकता अनुसारको ईन्टरनेट थप दिने सहमति भएको छ । यसले खेलकुदलाई अझ व्यापक रुपमा प्रचार प्रसार गर्न मदत्त मिल्ने कैलाली जिल्ला खेलकुद विकास समितीले जनाएको छ ।
धनगढी रंगशालामा आयोजना हुने प्रतियोगितामा दर्शकहरुलाई पनि निशुल्क ईन्टरनेटको सुविधा दिईनेछ ।