महेन्द्रनगर ,कञ्चनपुरको वेदकोट नगरपालिकाले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षीत गरि जनप्रतिनिधि सम्मेलन आयोजना गर्ने भएको छ । नगरपालिकाले नगरका पर्यटकीय क्षेत्रको प्रवद्र्धन एंव्म प्रचारका लागि पुस १९ गते जनप्रतिनिधि सम्मेलन गर्न लागेको नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए । उनका अनुसार जिल्ला स्थीत नौ वटै स्थानीय तहका जनप्रतिनिधिलाई भेला गरि सम्मेलन आयोजना गर्न लागिएको होे ।
‘नगरपालिकाले नेपाल भ्रमण वर्षलाई लक्षीत गरेर जनप्रतिनिधि सम्मेलन गर्न लागेको हो’ नगर प्रमुख चन्दले भने ‘नगर क्षेत्रमा विभिन्न पर्यकीय क्षेत्रहरु छन्, त्यसबारे जनप्रतिनिधि लगायतका सरोकारवाला निकायलाई विस्तृत जानकारी दिन यो सम्मेलनको तयारी गरेका छौँ’ वेदकोट ताल, लिङ्गेश्वर धाम, भम्का धाम, पाण्डव ताल, चुनेपानि स्थीत शिवको मुर्ती, शिद्धसरोवर ताल, वेदकोट भ्यु टावर, छिलछिले झरना, घटाल थान लगायत स्थानीय थारु संस्कृती वेदकोटका मुख्य पर्यटकीय आर्कषकका केन्द्र हुन् ।
जिल्ला स्थीत सरोकारवाला निकायलाई पर्यटकीय क्षेत्रका बारेमा जानकारी भएमा प्रचार–प्रसारलाई महत्वपुर्ण टेवा पुग्ने उनको विश्वास छ ।
स्थानीय तहको प्रमुख तथा उप प्रमुख, कार्यपालिका सदस्य, प्रदेश र संघिय जनप्रतिनिधिको विशेष सहभागीता रहने उक्त सम्मेलनमा जनप्रतिनिधिबिच अनुभव आदानप्रदान तथा भ्रमण वर्ष २०२० का योजनाबारे छलफल गरिने नगर प्रमुख चन्दले बताए । ‘संघिय संरचनासँग जनप्रतिनिधि निवार्चित भएको दुई वर्ष पुरा भई सकेको अवस्था छ’ नगर प्रमुख चन्दले भने ‘हामी निवार्चित जनप्रतिनिधिबिच यस अवधिमा कार्यसम्पादनका क्रममा देखिएको समस्या, चुनौती र विकासका योजनाबारे छलफल हुन्छ ।’
नेकपा वरिष्ठ नेता एंव्म पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आथित्यतामा वेदकोट तालमा हुने कार्यक्रममा प्रदेश सरकारमा मन्त्री, राजनितिक दलका प्रमुख एंव्म प्रतिनिधि र सम्र्पुण सरोकारवाला निकायलाई आमन्त्रण गरिएको उनको भनाई छ ।