धनगढी,५ जेठ । कैलालीमा यस वर्ष गहुँको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा बढेको हो । कैलालीमा यस वर्ष १ लाख १२ हजार ३१२ मेट्रिक टन गहुँको उत्पादन भएको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले बताए ।
जुन गत वर्षको तुलनामा ३.४२ प्रतिशतले बढी हो । गत वर्ष जिल्लामा ३४ हजार ५६५ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकामा १ लाख ३ हजार ४७१ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा १ हजार ७२५ हेक्टर कम क्षेत्रफलमा गहुँ खेती गरिएको भए पनि गहुँको लागि आवश्यक समयमा आकाशे पानी परेका कारण उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।