धनगढी,४ जेठ । कैलालीका एक युवक रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शुक्रबार दिउँसो लम्कीचुहा नगरपालिका–३ बल्चौरका ३३ वर्षीय जीवन बादी नहरमा डुबेका हुन् ।
इलाका प्रहरी कार्यालय चिसापानीको टोली घटनास्थल पुगेको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
