धनगढी, २ जेठ/नेपाल लोकतन्त्रवादी आदिबासी जनजाती महासंघ सुदूरपश्चिम प्रदेशको प्रदेश अधिबेशनबाट धनादेवी थापा सभापतिमा पुनः सर्बसम्मत रुपमा चयन भएकी छन् ।
महासंघको बुधबार धनगढीमा भएको सम्मेलनले उनलाई पुन : सभापतिमा चयन गरिएको हो । समितिको उपसभापति चमेली तामाङ्ग (कञ्चनपुर) उपसभापति चन्द्रबहादुर बिष्ट (बाजुरा), सचिव सरिता थापा गुरुङ्ग (डडेल्धुरा) र गोपि गुरुङ्ग सुजु (कञ्चनपुर), सहसचिव दिलिपसिह बुढाथोकी (दार्चुला) मानबहादुर नामजाली (डोटी) महिला सहसचिव विष्णुमाया मोक्तान (कैलाली) चयन भएका छन् ।
सदस्यहरु शान्तिदेवी सिरौली (डोटी) यन्जन सुर्जा (कैलाली) आईती राई (कैलाली) दिपक बुढाथोकी (दार्चुला) अर्जुन रोतवाल (दार्चुला) बिष्णुमाया तामाङ्ग (कञ्चनपुर) तुनी थापा (बाजुरा) विजय राना मगर (बैतडी) र दुर्गाराना मगर (डडेल्धुरा) चयन भएका छन् ।