धनगढी,२ जेठ । सफल नेतृत्व स्थापित गर्ने उद्देशले धनगढीमा नमुना सांसद अभ्यास तालिम आयोजना गरिएको छ । प्रदेश युवा परिषदको आयोजनामा भएको कार्यक्रममा सुदूर पश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँ प्रमुख अतिथि रहेका थिए ।कार्यक्रममा बोल्दै उनले युवा हरेक कुरामा अब्बल हुनुपर्नेमा जोड दिए ।
प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुवरको अध्यक्षतामा सुरु भएको कायममा रास्ट्रिय युवा परिषद् सदस्य त्रिलोत्तम पौडेल लगायतको उपस्थिति रहेको थियो । युवालाई थप सशक्त बनाउन र नेतृत्वदायी भूमिकाको विकास गरि नीति निर्माण प्रक्रियाको लागि अभ्यस्त पार्न कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रदेशका सबै जिल्लाबाट प्रतिनिधिमुलक सहभागीता गरेको थियो ।