• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीको एक सहकारीले बचतकर्ताको लाखौँ रकम डुबाए, पदाधिकारीसहित सञ्चालक फरार

धनगढी, १ जेठ/कैलालीको एक सहकारीका पदाधिकारीसहित सञ्चालक फरार भएका छन्। कैलालीको जोशीपुर गाउँपालिका–१ स्थित जीवनसाथी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ्स लिमिटेडका पदाधिकारीहरू सेयर सदस्य, बचतकर्ताको लाखौँ रकम डुबाएर भागेका हुन् ।

जीवनसाथी सहकारी २०६७ साल भदौमा १७ जना संस्थापक सदस्यबाट एक लाखका दरले सेयर उठाएर सुरु भएको थियो । जोशीपुर गाउँपालिका–१, लकरमन्डीका अशोककुमार महतो सहकारी अध्यक्ष डम्बरबहादुर परियारले युवा स्वरोजगार कोषबाट ल्याएको ४० लाख रुपियाँ ऋण पनि हिनामिना गरेको बताए।

“स्वरोजगार कोषको ऋण नतिरेपछि सेयर सदस्यहरूले थप ७०र७० हजार रुपियाँका दरले दामासाहीमा तिर्‍यौँ,” महतो भन्छन्, “शिक्षक भएकाले इज्जत जोगाउन थप पैसा तिरेर छोडेका हौँ ।” “सात दिनका लागि भनेर विद्यालयबाट सापटी मागेको दुई लाख ६० हजार रुपियाँ नतिरेपछि आफ्नो तलब कट्टी भयो,” शिक्षकसमेत रहेका महतोले भने, “सहकारी अध्यक्ष परियार सन्तजन आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका थिए ।

जोशीपुरका व्यापारी भीम बम पनि सेयर सदस्य भएबापत कर्मचारीलाई तलब दिन नपुगेको भन्दै ५८ हजार रुपियाँ तिराएपछि सहकारी छोडेको बताए। अध्यक्ष परियार रहेको सहकारीको पहिलो कोषाध्यक्ष र पछि सचिव बन्नुभएका खड्कबहादुर चौधरी थिए । यी दुई जनाले जीवनसाथीमा ऋण लिन धितो राखेका व्यक्तिगत लालपुर्जा मेघा बैङ्कमा राखेर जग्गा लिलामी गराइदिएको बताइएको छ ।

जीवनसाथीमा जग्गा धितो राखेर १० लाख ऋण लिनुभएका जोशीपुर गाउँपालिका–४, हस्नापुरका काशीराम महतोले साँवाब्याज बुझाइसकेपछि लालपुर्जा खोज्दा मेघा बैङ्कमा राखेको र ८५ लाख तिरेर लालपुर्जा फिर्ता ल्याएको उहाँका छोरा राममिलन बताउँछन् । मेघामा ६७ लाख ५० हजार रुपियाँ रकम तिर्न सचिव खड्कबहादुर चौधरीले ५७ लाख ५० हजार रुपियाँको चेक दिनुभएको थियो, उक्त चेककको खातामा पैसा नभएपछि पीडित महतोले चेक बाउन्सको मुद्दा हालेका थिए ।

“जिल्ला र पुनरावेदन अदालतमा मुद्दा लड्दालड्दै बैङ्कमा ब्याज ८५ लाख रुपियाँ पुग्यो,” राममिलन भन्छन्, “साढे चार लाख रुपियाँका दरले २१ कट्ठा जग्गा बेचेर तिर्‍यौँ भने पनि अब घरबास मात्र बाँकी रहन्छ । उनले चेक बाउन्स ठगीको मुद्दा जिते पनि पैसा अझै नपाएको र सहकारी अध्यक्ष र सचिव फरार भएको जानकारी दिए।

त्यस्तै चार लाख ऋण लिएका भजनी नगरपालिका–८, खैराका चन्द्रलाल डगौराले एक बिघा धितो राखेर चार लाख रुपियाँ ऋण लिएबापत मेघा बैङ्कबाट १९ लाख रुपियाँ तिरेर पुर्जा छुटाएको बताए।सहकारी डिभिजन कार्यालय कैलालीका अधिकृत विनोद पन्तका अनुसार २०६७ भदौमा स्थापना भएको सहकारीले आर्थिक वर्ष २०७५र७६ मा ६६ पुरुष र १४ महिला सदस्यबाट छ लाख छ हजार रुपियाँ सेयर सङ्कलन गरेको, ३५ लाख ८३ हजार बचत उठाएको र २२ लाख ७६ हजार ऋण लगानीमा रहेको विवरण बुझाएको छ ।

सरकारको स्वरोजगार कोष र मेघा बैङ्कको ऋण करोड रुपियाँ नाघे पनि सहकारी डिभिजनमा भने न्यून विवरण देखाइएको छ । जीवनसाथीको सहकारीको कार्यालय बन्द रहेको छ । १५ महिनादेखि घरभाडा नदिएको घरधनी धनसिंह भाट बताए । पालिकाको सूचीमा ३६ वटा सहकारी भए पनि जीवनसाथीले कुनै विवरण नबुझाएको र ठगीबारेको गुनासो पनि नआएको जोशीपुर गाउँपालिकाको सहकारी शाखाका प्रमुख नारायण चौधरी बताए । गाउँमा कहिलेकाहीँ मात्रै देखा पर्ने परियार र चौधरीले गाउँका धेरै व्यक्तिका जग्गा बैङ्कमा राखी लिलामी गरेका छन् । यसरी जग्गा लिलामी भएका व्यक्तिले घटनाका बारेमा सही सूचना दिन आनाकानी गर्दै आएका छन् ।

मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.