धनगढी २८ बैशाख/कैलालीका सीमा नाका आजबाट बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय कैलालीकाले बिहीवार सूचना जारी गरी २८ गते आज साँझ ६ बजेदेखि ३१ गते मतदान सम्पन्न नभएसम्म कैलाली जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने जनाएको हो।
वैशाख ३१ गते भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा लोकसभा निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सीमा नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए ।
जोशीले सीमा नाका मतदान कार्य नसकिएसम्म बन्द रहने बताए । नेपाल र भारतमा चुनाव हुँदा ७२ घण्टा अघिदेखि नै सीमा नाका बन्द गर्ने गरिएको छ ।
