डोटी २१ बैशाख/डोटीका एक जनाको भारतमा मृत्यु भएको छ । डोटीको आदर्श गाउँपालिका-४ भुवाँका करन विष्टको भारतमा मृत्यु भएको पारिवारले बताएको छ।
अन्दाजी ३५ वर्षीय विष्ट बिहीवार आफ्नै कोठामा मृत फेला परेका उनको पारिवारले जनाएको छ । उनी रोजगारीको सिलसिलामा भारतको केरलामा रहेका थिए। मृत्युको कारण भने नखुलेको उनका आफन्तले बताएका छन् ।