डडेल्धुरा २१ बैशाख/पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्ने उदेश्यले शुक्रबार डडेल्धुराको अमरगडीबाट ‘खप्तड त्रिबेणी धाम’ सम्मको साइकल यात्रा सुरु भएको छ । ‘पर्यटन पुवाधार समृद्धी प्रदेशको अधार’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय स्तरको साइकल यात्रा २०८१ को सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यन्वन कार्यक्रमले पाय्रोजनमा सिके रिचर्स एन्ड ग्रीनरी प्रोमोसन प्रालि गोकर्णस्वर काठमाडौको आयोजनामा अन्तराष्ट्रिय साइकल यात्रा २०८१ सुरु भएको छ । कार्यक्रमको औपचारिक रुपमा डडेलधुरा जिल्लाको अमरगडी किल्लाबाट साइकल यात्रा सुरु गरियको छ ।
कार्यक्रमको उद्घाटन् गर्दै प्रमुख अतिथि समेत रहेका अमरगढी नगरपालिका नगरप्रमुख डिल्लीराज जोशीले साइकल यात्रा कार्यक्रम पर्या पर्यटन मैत्री भएको दिन प्रतिदिन अहिले वातावरणमा ह्रास आएको बताएका छन् । उनले यो कार्यक्रमबाट सुदूरपश्चिमको पर्या पर्यटनमा मदत पुग्ने बिश्वास लिएको, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नु पर्नमा जोड ,सन्चार माध्याम तथा पत्राकारिताका मध्यामबाट यस क्षेत्रको बिकास हुनेमा जोड, प्रदेश सरकारले गरेको थोरै भएन नि पर्या पर्यटन मा काम सुरुवात गरेकोमा धन्यवाद दिदै आफुले पनि स्थानीय पालिकाले गर्न सक्ने सहयोग गर्ने बताए ।
कार्यक्रममा बोल्दै डडेल्धुरा जिल्ला प्रमुख अधिकारी अन्जान न्यौपानेले भने यस्तो कार्यक्रम निरन्तर रुपमा गरिनु पर्ने, साइकलले मानवको स्वास्थ्य तथा पर्यापर्यटनमा महत्त्वपुर्ण बिकास हुने, सुदूरपश्चिमको पर्यटन बिकासमा मिडियाले भुमिका खेल्नु पर्ने, पर्यटन व्यावसायलाई पुर्ब तिर जस्तै बिकास गर्नका लागि अब हामिले आवश्यक पहल कदम चाल्नु पर्ने, पर्यटन लाई पनि सुदूरपश्चिममा आर्यआर्जनको महत्वपूर्ण मध्यम बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन इकाइ कार्यवन्यन इकाइका धनगढीका योजना अधिकृत दान बहादुर थापाले कार्यक्रममा स्वागत तथा कार्यक्रम माथी प्रकाश पारेका थिए । कार्यक्रममा सिके रिसर्च एण्ड ग्रीनरी प्रोमेसन प्रा लि काठमाडौका प्रमुख छिन्डुम मेनक्पा भोटेले कार्यक्रम गर्नुका ल्यक्ष्य तथा उदेश्य माथी प्रकाश पार्दै साइकिल यात्रामा सहभागिहरु लाई गाइड गर्ने भएका छन्।
अन्तर्राष्ट्रिय साइकिल यात्रामा २०८१ भारत तथा नेपालका विभिन्न स्थानका ४५ जना साइकिल यात्रीहरु सहभागी रहेका छन् । डडेल्धुराको अमरगडीबाट डोटीको खप्तडको त्रिबेणी धाम सम्म यात्रीहरु पुग्ने भएका छन् । कार्यक्रम प्रदेशको उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन इकाइ कार्यन्वय कार्यक्रम प्रमुख डबल बहादुर बोहराको सभापतित्वमा भएको थियो ।