धनगढी, १८ बैशाख/नेपालको कञ्चनपुर सिमाबर्ती भारतको टनकपुर देखी बरेली सम्म रेल सेवा संचालन भएको छ । यो मेला एक्सप्रेस रेल वैशाख १४ गतेदेखि दैनिक रुपमा टनकपुरदेखि बरेलीसम्म चल्ने र अर्को आदेश नभएसम्म चल्ने बताइएको छ ।
भारतको उत्तराखण्ड प्रदेशको चम्पावत जिल्लाको टनकपुरस्थित पूर्णागिरी धाममा भक्तजनको घुइँचो लागेपछि सो क्षेत्रमा बरेली सम्म रेल सेवा सुरु भएको बताईएको छ । यो सेवा सुरु भएसंगै सुदूरपश्चिम लगाएतका नेपालीलाई भारतको बिभिन्न गन्तव्य जानका लागि रेल सेवा सहज हुने भएको छ । यात्रुले रेल सेवा मार्फत टनकपुरबाट बेरेली सम्म गन्तव्य बनाएपछि बरेलीबाट भारतको जुनसुकै कुनामा पनि जानका लागि सेवा पाउने छन् ।
पुर्णागिरी माताको दर्शन गर्न राज्यका विभिन्न स्थानका साथै छिमेकी प्रदेश उत्तर प्रदेशका विभिन्न जिल्लाबाट दैनिक हजारौं भक्तजन आउने चाप बडेपछि सो सेवा सुरु गरेको बताइएको छ ।भारतीय रेलवेले टनकपुरबाट अर्को मेला एक्सप्रेस रेल सञ्चालन गर्न स्वीकृति दिएको बताईएको छ ।
यो मेला एक्सप्रेस रेल वैशाख १४ गतेदेखि दैनिक रुपमा टनकपुरदेखि बरेलीसम्म चल्ने र अर्को आदेश नभएसम्म चल्ने बताइएको छ । भारतीय रेलवेले हाल टनकपुरका लागि कासगञ्जबाट टनकपुरका लागि छुट्ने मेला एक्सप्रेस ट्रेन चलिरहेको छ ।अब अर्को मेला एक्सप्रेस रेल सञ्चालनमा आएसँगै बरेली जाने सर्वसाधारणलाई सवारी साधनको समस्या झेल्नु नपर्ने भएको छ ।