कैलाली, १७ वैशाख / कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको ७९.२१ हेक्टरमा जमिनमा फैलिएको पुरैना ताल ब्युँताउन थालिएको छ । डिभिजन बन कार्यलय पहलमानपुरले तालको पुन निर्माणका लागि आइतबार देखि रात दिन ८ वटा जे सि बि ले तालको १० फिट चौडाइ र ५ फिट उचाईको ३५ सय मिटर डिल (ड्याम) निर्माण कार्य सुरु गरेको हो ।
सब डिभिजन वन कार्यलय भजनी का प्रमुख मो।ताहा हुसेन मिकरानीको नेतृत्वमा आइतबार बिहान ८ बजे देखि डिभिजन वन कार्यलय पहलमानपुर अन्तर्गतका सबै सब डिभिजन वन कार्यलयका कर्मचारिहरु , सशस्त्र वन रक्षक , नेपाल प्रहरी , सशस्त्र प्रहरी लगायतको टोलि स्थलगत पुरैना तालमा काममा जुटेको छ ।
पुरैना ताल पुन निमार्णका लागि डिभिजन वन कार्यलय पहलमानपुरले करिब ३ बर्ष देखि सामुदायिक बन समन्वय समिती, नापी कार्यलय कैलाली , जिल्ला प्रशासन कार्यलय कैलाली सङ्ग आवश्यक पटकपटक निरन्तर रुपमा ३ बर्ष देखि छलफल पछि तालको नक्साअनुसारको क्षेत्र रेखाङ्कन भै माटोको डिल (ड्याम्म) बनाउन सुरु गरिएको हो ।
पुरैना तालको डिल बनाउने कार्यको स्थलगत अनुगमन गर्दै कैलाली प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार कैलाली जिल्लामा सरकारी जमिन , सार्बजनिक जमिन , सघं सस्थाको नाममा विभिन्न बहानामा भएका वन अतिक्रमण हटाइउने भनिए बमोजिम कैलाली जिल्ला प्रशासन अहिले वन अतिक्रमण हटाउने कार्यमा निरन्तर रुपमा लागि परेको छ ।
डिभिजन वन पहलमानपुरको समन्वयमा जिल्लाका सबै सुरक्षा निकाएको सहयोगमा यो पुरैना ताल अतिक्रमण हटाइ पुन निर्माणका लागि माटोको डिल (ड्याम ) निर्माण कार्य गरिएको छ । यो पुरैना ताल स्थानीयहरुले बर्सौ देखि खेतीपाती लगाउदै आएका थिय , अब ताललाइ पुन निर्माण हुनेछ बताए ।
तत्कालीन समयमा तालको रेखाङ्कन गर्दै तालको क्षेत्र छुट्याउने सहमति स्थानीयसँग भएको थियो। स्थानीयसँग सहमतिसमेत भएको थियो। त्यसैअनुसार तालको डिल बनाउने काम अगाडि बढाइएको भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले जानकारी दिए।
ूपुरैना ताल भजनीको मात्रै नभै कैलाली जिल्लाकै महत्वपूर्ण बसन्ता जैविक मार्ग हो जसमा भारतीय दुधुवा नेशनल पार्क सङ्ग प्रत्यक्ष रुपमा जोडिएको हुदा पुरैना ताल पुन निमार्णका लागि आवश्यक रहेको छ । यसको पुननिर्माणका स्थानीय सरकारले सुरुदेखि नै प्रयास गर्दै आएको प्रमुख चौधरीले बताए ।
डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरले यो पुरैना ताल वसन्ता जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका हिसाबले पनि महत्वपूर्ण मानिएको छ । स्थानीयका अनुसार पहिले सयौँ बिघा क्षेत्रमा फैलिएको यो तालमा जलचर र विभिन्न प्रजातिका आगन्तुक तथा रैथाने चराहरुको वासस्थानका रूपमा थियो । वसन्ता जैविक मार्ग भारतको दुधुवा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले वन्यजन्तु ओहोरदोहोर गर्छन् । वसन्तासँग जोडिएको यो तालमा वन्यजन्तु पानीका लागि आउने गर्थे । अतिक्रमण हटाएर ताललाई पुरानै स्वरूपमा फर्काउन सके जैविक विविधताको संरक्षणमा टेवा पुग्नेसँगै पर्या–पर्यटनको समेत विकास हुने बताए ।
उनले भने यो ताल पुनःनिर्माणका लागि विभिन्न चरणहरु पार गर्दै ड्याम सम्म बनाउन सफल भयौ अझै यस्को निर्माण तथा ब्यबस्थापनका लागि स्थानीय निकाए , जिल्ला प्रशासन , जिल्ला नापी कार्यलय , सरोकारवाला निकाए तथा सरक्षणमा लागेका सघ सस्थाहरु सङ्ग हातेमालो गरेर अगाडी जाने बताए ।
भजनी– ७ का वडाध्यक्ष अमरबहादुर कठरियाका अनुसार ०६४ को बर्खामा मोहना नदीको बाढी तालमा पसेपछि बालुवाले भरिएको थियो । २०७२ र २०७५ सालमा आएको बाढीले ताल थप भाग पुर्यो । ताल पुरिएपछि स्थानीयले खेती लगाउन सुरु गरेका थिए । ‘ताल पुरिएको एक–दुई वर्षपछि स्थानीयले खेती लगाउन सुरु गरे । अहिले यहाँ तालको अस्तित्व नै छैन,’ उनले भने । स्थानीयहरुले ७र८ बर्ष देखि अतिक्रमण गरि खेतीपाती लगाइका थिए । ताल बालुवाले पुरिदै गयो आफ्नो सिमाना अनुसार स्थानीय हरुले दिनप्रतिदिन जग्गा बढाउदै गएको ले ताल पुरै खेतमा परिणत भएको हो ।
बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल खेती योग्य जमिन परिणत भएको छ । पानी भएको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टरमा फैलिएको ताल चरा अवलोकनका लागि उपयुक्त मानिन्थ्यो । मोहना नदिमा २०६५ सालमा आएको बाढिले ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो पुन २०६८, २०७२ र २०७५ सालमा आएको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।