काठमाडौं । नेकपा सचिवालय बैठक भोलि ९बिहीबार० अपरान्ह ४ बजेका लागि बोलाइएको छ । सत्तारुढ नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा यतिबेला प्रतिनिधिसभा सञ्चालन हुन सकेको छैन् । सभामुखको विषयमा छलफल गर्नका लागि मंगलबार पनि नेकपाका अध्यक्षद्वयबीच छलफल भएको थियो । अध्यक्ष दाहालले आफ्नो मान्छे प्रस्ताव गरेपछि अर्का अध्यक्ष केपी शर्मा ओली मौन बसेका थिए । स्रोतका अनुसार सभामुख नछाड्ने मुडमा अधयक्ष दाहाल पुगेका छन् ।
यसै विषयमा सचिवालयका सदस्यहरुसंग छलफल गर्नका लागि बैठक बोलाइएकौ बुझिएको छ । बिहीबार बस्ने बैठकले सभामुखको उम्मेदवार तय गर्न सक्ने आशा गरिएको छ । यद्यपी, छलफल अघि सभामुखमा सुवास नेम्वाङ र अग्नी सापकोटा मध्ये को हुने भन्ने यकिन भने भइसकेको छैन् । सभामुखमा अध्यक्षद्वयको आआफ्नै दाबी छ । ओलीले नेम्वाङ र प्रचण्डले सापकोटालाई सभामुख बनाउन चाहेका छन्।
त्यस्तै, उपसभामुख शिवमाया तुम्बाहाङ्फे अर्की दाबेदार पनि हुन् । ‘सभामुख पूर्वमाओवादीबाटै हुनुपर्नेमा अध्यक्ष प्रचण्डले अडान राख्नुभएको छ । मंगलबार भएको भेटमा पनि अध्यक्ष दाहालले व्यक्ति को राख्ने भन्नबारे प्रधानमन्त्रीसंग छलफल गर्न सकिने बताएपनि पूर्वमाओवादीबाट नै हुनपर्ने अडान राख्नुभएको छ ।’ उच्च स्रोतले समाचार दैनिकलाई जानकारी दियो ।