धनगढी, ९ चैत/नेपालको भारतिय सिमवर्ती बजार बनगवामा गौरीफन्टा प्रहरीले एसएसबीको सहयोगमा लागुऔषध सहित एक जना नेपाली सहित तिन जना पक्राउ परेका छन् । उनीहरुबाट नेपालको सीमामा रहेको वनागवा बजारबार १० ग्राम ब्राउन सुगर, एक सय ग्राम नशालु अल्प्राजोलम ट्याब्लेट र ३० हजार नेपाली रुपैयाँसहित भारतिय प्रहरीले पक्राउ गरेको बताइएको छ ।
पक्राउ पर्नेमा नेपाली गोदावरी १ अत्तरियाका शुसिल श्रेष्ठ, भारतको पलिका सनि गुुप्ता, सचिन (डिम्पल) गुप्ता रहेका छन् । श्रेष्ठ नेपालको अत्तरिया हुन् भने पलियाका सनि र सचिव सहोदर दाजुभाई हुन् । तिनै जनालाई प्रहरीले अदालत चलना गरेको छ ।
गौरीफन्टा कोतवालीका इन्चार्ज अवधेशकुमार यादव, एसएसबीका सहायक कमाण्डेन्ट सतीश कुमार, इन्स्पेक्टर मोहिन्दर लाल र प्रहरी नायव निरीक्षक जितेन्द्र सिंहलगायतले गौरीफन्टा चेकपोष्ट र वनागवान बजारमा संयुक्त चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेको प्रहरीले बताएको छ ।
चेकजाँचका क्रममा सुशील श्रेष्ठबाट तीन ग्राम अवैध ब्राउन सुगर, सनि गुप्ताबाट ६ ग्राम ब्राउन सुगर, ४९० नशालु अल्प्राजोलम ट्याब्लेट सहित १२ हजार नेपाली रुपैयाँ र सचिन गुप्ताबाट १८००० नेपाली मुद्रा सहित लागुऔषध बरामद गरिएको गौरीफन्टा कोतवालीका इन्चार्ज अवधेशकुमार यादवले जानकारी दिएका छन् । पक्राउ परेका सबैलाई अदालतमा पठाइएको छ