धनगढी २८ फागुन/बिशषेज्ञ सुवा सहित धनगढीमा ‘सुदृष्टी क्लिनिक’ सञ्चालनमा आएको छ । धनगढी ५ हसनपुरमा सुदृष्टी क्लिनिक सञ्चालनमा ल्याइएको हो । आँखाको उपचार गर्न तथा आँखाका लागि आवश्यक उपकरणसहित क्लिनिक आइतबारबाट सञ्चालनमा ल्याइएको हो ।
४ बर्ष कैलालीको गेटा आँखा अस्पतालमा काम गरेकी डा.सावित्रि भट्टले २५ लाखको लगानीमा आँखा उपचार केन्द्र स्थापना गरेकी हुन् । धनगढीमा मल्टिस्पेसियालीटि आई केयरको रुपमा स्थापना गरिएको उपचार केन्द्रमा बच्चादेखि बृद्धसम्मका चस्मा जाँच, आँखा जाँच, भिजन थेरापी र कन्टयाक लेन्सको काम गरिने बताइएको छ ।
केन्द्रकी संचालक डा.भटले सुदृष्टि आँखा उपचार केन्द्र धनगढीमा विशेषज्ञबाट आँखा जाँच तथा उपचार गरिने भएको अरु भन्दा फरक र उत्कृष्ट भएको बताइन् । गुणस्तरीय आँखा स्वास्थ्य सबैको पहुँचमा पुगोस् भन्ने उद्देश्य रहेको डा. भट्टको भनाई छ ।
विशेष गरि सुदृष्टिमा विभिन्न पेशा, व्यवसायमा लागेकाहरुका लागि पेशागतरुपमा लगाइने चस्मा बनाइने जनाइएको छ ।
पछिल्लो समय बच्चाहरुमा बढ्दै गएको मायोपिया (अदोदृटि) को विशेष उपचार र चस्मा दिइने जनाइएको छ ।
क्लिनिकको नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य तथा बालरोग विशेषज्ञ चिकित्सक डाक्टर प्रदिप मिश्रले रिवन काटेर समुदघाटन गरेका हुन् ।