धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोलीले आज सेती अञ्चल अस्पतालमा सरससफाई गरेको छ । गणतन्त्र दिवसको अबसर पारेर सामाजिक बिकास मन्त्रालयको अगुवाईमा मुख्यमन्त्री भट्ट सहित प्रदेशका सामाजिक बिकासमन्त्री कृष्णराज सुबेदी, कानुनमन्त्री प्रकाश शाह, अर्थमन्त्री झपट बहादुर बोहरा, भौतिक पूर्वाधार मन्त्री पठान सिं बोहरा, उद्योग वन वातावरण तथा पर्यटनमन्त्री माया भट्ट, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी, उद्योग वन वातावरण तथा पर्यटन राज्य मन्त्री प्रकाश रावल लगाएत समाजिक विकास मन्त्रालयका सचिव, प्रदेश न्याधिवक्ताको टोलीले अञ्चल अस्पताल सफाई गरेको हो ।








