धनगढी, ५ फागुन / महेन्द्रनगर नगर विकास समितिका तत्कालीन कर्मचारीलाई कालोमसो दलिएको छ । नगर विकास समितिका तत्कालीन सूचना अधिकारी पुष्पराज भट्टलाई क्रान्तिकारी युवा संगठन सुदूरपश्चिम प्रदेश समितिले शनिबार कालोमसो दलेको हो ।
महेन्द्रनगर नगर विकास समितिको ६३८ विघा जग्गा हिनामीना गरेको, पल्टु रानाको कृत्ते हस्ताक्षर गरि १५ जनालाई जग्गा वितरण गरेको, जमिन उपलब्ध गराउने भन्दै लक्ष्मण चन्दबाट ३० लाख लिएको जस्ता अभियोगमा उनलाई कालोमसो दलिएको युवा संगठनले जनाएको छ ।