धनगढी, २५ माघ / प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले भोलि शुक्रबार देशै भर दबाब यात्रा कार्यक्रम गर्ने भएको छ । प्राज्ञिक विद्यार्थी परिषद् धनगढीले पनि दबाब यात्रा भाली नै गर्ने भएको हो ।
शिक्षाको समग्र सुधारका लागि भन्दै परिषद्ले माघ महिनाभर देशभर ‘राष्ट्रव्यापी शैक्षिक अभियान २०८०’ देशभर सञ्चालन गरिरहेको गरिरहेको छ । परिषद्ले अभियान पूर्व पौष पहिलो हप्तामा राष्ट्रव्यापी सर्वेक्षण सम्पन्न गरेको थियो । सर्वेक्षणमा शिक्षण क्षेत्रसँग सम्बन्धित १० हजार जना शिक्षक, विद्यार्थी सहित सरोकारवालाले सहभागीता जनाएको परिषद्ले जनाएको छ ।
शुक्रबार परिषद्ले सबै प्रदेश केन्द्र र केही प्रमुख शहरमा एकसाथ विद्यार्थी दबाब यात्रा कार्यक्रम गर्दैछ । अभियानका लागि लोगो, पोष्टर, स्टिकर, आदि साहित्य तयारीसँगै त्यसको वितरण देशव्यापी गरिएको समेत परिषद्ले जनाएको छ ।
सोही कार्यक्रम अन्तरगत धनगढीमा समेत बृहत दबाबमुलक कार्यक्रम गरिने भएको कैलाली जिल्ला संगठन बिस्तारक प्रेम बोहोराले बताए ।
शिक्षामा वैदेशिक लगानीको अन्य गर्दै कुल बजेटको २० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने, माध्यमिक तह सम्मको शिक्षा निस्शुल्क हुने व्यवस्था अनिवार्य कार्यान्वयन गर्नुपर्ने, प्राध्यापक नियुक्तिमा अनिवार्य योग्यता परिक्षा उत्तिर्ण गर्नुपर्ने, अनुमतिबिना र नियम विपरित क्याम्पसको खारेजी, प्रभावकारी शैक्षिक पात्रोको निर्माण गर्नुपर्ने, कुलपति प्रधानमन्त्री रहने व्यवस्था खारेज गर्नुपर्ने लगायतका मागहरु परिषद्ले उठाउदै आएको छ ।