धनगढी, २४ माघ / कञ्चनपुरमा एक सय पचास किलो अवैध कुखुरा बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका –१ फटैया नाकाबाट भारतबाट अवैध रूपमा ल्याइरहेको अवस्थामा मंगलबार राति कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी)ले १५० किलो अवैध बोईलर कुखुरा बरामद गरेको हो ।
बरामद गरिएको कुखुरा आवश्यक कारवाहीका लागि प्रहरी चौकी फटैया बुझाइएको छ ।