लवदेव धामी/ धनगढी,१६ माघ / कैलाली बहुमुखी क्याम्पसमा रहेको डिवेट कल्वले नमुना युवा सांसद के एम सी २०८० को आयोजना गरेको छ । संघीय प्रणाली कसरी सञ्चालन हुन्छ त्यसबारेमा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई सिकाउने उद्देश्य लिएर कार्यक्रमको आयोजना गरिएको डिवेट कल्वका अध्यक्ष गणेश खत्रीले बताए।
कानुनी अपराध कसैलाई मान्य हुन्न त्यस बारेमा क्याम्पस देखि नै जानकारी राखि राख्नु आवश्यक रहेको छ । कैलाली बहुमुखी क्याम्पसले विगत देखि नै विभिन्न कल्वको आयोजनामा विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने गरेको छ । डिवेट कल्वले गरेको नमुना युवा सांसद के एम सी २०८० ले ठुलो प्रभाव पार्ने क्याम्पस प्रमुख तोयाराज भट्टले बताए।
नमुना युवा सांसद २०८० माघ १६ र १७ गते दुई दिनको रहनेछ। माघ १६ गते संसदीय प्रणालीबारे प्रशिक्षण दिइएको छ भने १७ गते नमुना अभ्यास गरिने डिवेट कल्वका अध्यक्ष तथा प्रशिक्षक गणेश खत्रीले बताए।
