काठमाण्डौ १६ माघ/नेपाल भ्रमणमा रहेका बेलायती सेनाप्रमुख नजरल सरपेट्रिक सन्डर्सले आज माननीय मन्त्रीज्युसँग शीष्टाचार भेट गरेका छन् । भेटमादुई शताब्दीभन्दा लामो नेपाल बेलायत सम्बन्धबारे चर्चा समेत गरिएको छ ।
गोर्खाहरूले बेलायती सेनामा पुर्याएको उच्च योगदानको चर्चा गर्दै मन्त्रीज्युले १९९७ भन्दा अगाडी रिटायर भएका भूतपूर्व गोर्खाहरूले उठाएका समान पेन्सनलगायत विषयलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । भूतपूर्व गोर्खाका मागलाई सम्बोधा गर्दैमा ब्लायतलाई खासै आर्थिक भार नपर्ने तर यसबाट गौर्खाहरूलाई न्याय मिल्ने हुनाले यसको शीघ्र सम्बोधन गरिदिन सेनाप्रमुखसँग अनुरोध गरेका छन् ।
सेनाप्रमुखले बेलायतले पनि गोर्खाका विषयमा समाधान चाहेको बताएका छन् । साथै गोर्खाका मागलाई बे्लायतले गम्भीरताका साथ लिएको बताए । नेपालको मुख्य विकास साझेदारको रूपमा बेलायतले पुर्याएको सहयोगका लागि मन्त्रीज्युले धन्यवाद दिए । बेलायतमा हाल आर्थिक कठिनाइ भए पनि नेपाललाई सहयोग निरन्तर रहने बेलायती पक्षले बताए । साथै आगामी सहयोग न्पालमा रोजगारी सिर्जना र पर्यटन विकासलगायत आर्थिक वृद्धिमा केन्द्रित जानकारी बेलायती पक्षले गराए।
नेपालले राष्ट्रसंघीय शान्ती मिसनमा पुर्याएको योगदानको बेलायती सेनाप्रमुखले उच्च प्रसंसा गरे ।