२०७६ आजको पत्रपत्रिकामा राजनीतिक र समसामयिक घटनाक्रमको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
अन्नपूर्ण पोस्टले दहालमाथि सभामुख चयनका लागि नैतिक दबाब परेको समाचार छ । अन्नपूर्ण लेख्छ– संसद् सभामुखविहीन भएको ७९ दिन पुगेको छ। नेकपाले नयाँ सभामुखबारे निर्णय नगर्दा नेताहरू अलमलमा छन्। पूर्वमाओवादी पक्षका नेताले भने पार्टी एकतापूर्वको भागबन्डाअनुसार सभामुख पद नछाड्न अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिएका छन्।
नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मात्रिका यादवलगायतले यसबारे सोमबार बिहान दाहालसँग जिज्ञासा राखेका थिए। ‘सभामुख चयनबारे अनेक अडकलबाजी छन्। अबको सभामुख को हो रु हामीले पूर्वएमालेतिर दिने गरी यो पद छाडिसकेको हो ’, उनीहरूले दाहालसँग जिज्ञासा राखे। स्थायी समिति बैठकमा पेस भएको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा समान धारणा बनाउन दाहालले खुमलटारमा उनीहरूलाई बोलाएका थिए। उनीहरूले सुरुमा दाहालको ब्रिफिङ सुनेका थिए।
त्यसपछि भने सभामुख चयनका विषयमा जिज्ञासा उठाएको एक नेताले बताए। अन्नपूणमै पाकिस्तानको पूर्वराष्ट्रपति परवेज मुसर्रफालाइ मृत्युदण्डको फैसला भएको समाचार छ ।
नागरिक दैनिक लेख्छ– नेपाल कम्युनिस्ट पार्टी नेकपा केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक चलिररहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा भने समानान्तर बैठकको अभ्यास गरिएको छ। सोमबार दिउँसो स्थायी कमिटी बैठक सुुरु हुनुअघि दाहाल निवास खुमलटारमा पूर्वमाओवादी खेमाबाट स्थायी कमिटीमा रहेका नेताहरूलाई बोलाएर बैठक गरिएको थियो।
स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष दाहालबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीभित्र गुट मौलाउँदै गएकाले छुट्टै भेला गर्ने, बैठक गर्ने जस्ता कार्य बन्द गर्नुपर्छ भनेर उल्लेख भए पनि उनैबाटै त्यसको उल्लंघन भएको छ। ‘पार्टी संस्थागत छैन। बरु विभिन्न प्रकारका गुट झाँगिदै जान थालेका छन्। पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेका छन्। पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ।
पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा बढ्दै गएको छ। अलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहन जस्ता सजीव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन,’ स्थायी कमिटिमा प्रस्तुत प्रतिवेदनमा लेखिएको छ।
कान्तिपुर दैनिकमा सौर्यमण्डल बाहिर पत्ता लगाइएको एउटा तारा ‘एचडी १००७७७’ लाई मंगलबार ‘सगरमाथा’ नामाकरण गरिएको समाचार छ । यस्तै, एउटा ग्रह ‘एचडी १००७७७ बी’ को नाम ‘लालगुराँस’ भएको छ । इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले १०० औँ वार्षिकोत्सवका अवसरमा सौर्यमण्डलबाहिर रहेका तारा र ग्रह नामाकरण गर्ने क्रममा नेपाली नाम पनि परेका हुन् । सगरमाथा तारालाई नेपालबाट सानो टेलिस्कोपबाट समेत राम्ररी देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष एवम् आईएयूका नेपाल प्रतिनिधि सुरेश भट्टराईले बताए । ‘सगरमाथा तारालाई परिक्रमा गर्ने ग्रह पत्ता लागे नेपालीबाट नामाकरण गरिनेछ,’ उनले भने । सोसाइटीका अनुसार सगरमाथा तारा करिब १ सय ७२ प्रकाश वर्ष टाढा छ । यो तारा सूर्यजस्तै छ ।
यो ताराको एउटा मात्र ग्रह सन् २००७ मा पत्ता लागेको छ । लालीगुराँस ग्रह सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १।१६ गुणा ठूलो छ । यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ । यो ग्रहमा जीवनको सम्भावना छैन । यसको चन्द्रमा भेटिए त्यहाँ जीवन हुन सक्ने सोसाइटीले जनाएको छ । पत्रिकामा विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० माथि सत्तारुढ दलका नेताहरुले नै प्रश्न उठाइरहेको बेला अमेरिकाले भने यससम्बन्धी परियोजना नेपाल सरकारकै पहल र अनुरोधमा आएको खुलासा गरेको समाचार छ
अमेरिकी राजदूत -यान्डी डब्लु बेरीले एमसीसी सम्झौता कार्यान्वयनले नेपाल छिट्टै आर्थिक समृद्धिको बाटोमा जाने प्रतिक्रियासमेत दिएका छन् । एमसीसीसँगको सम्झौता यो साता सुरु हुने संसद्को हिउँदे अधिवेशनमा अनुमोदन गराउने सरकारको तयारी छ तर सत्तारुढ नेकपाभित्रै विपक्षमा पनि आवाज उठिरहेको छ । अमेरिकी राजदूत बेरीले भने सम्झौता नेपालको संसद्बाट अनुमोदन हुनेमा विश्वस्त रहेको बताए । एमसीसी नेपाल कार्यालय अन्तरगत मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए)का कार्यकारी निर्देशक खड्गबहादुर विष्टले पनि एमसीसी सम्झौतालाई संसद्बाट अनुमेदन गराइछाड्ने नेपाल सरकारको प्रतिबद्धता यथावत रहेको प्रतिक्रिया दिए ।
