धनगढी ५ माघ/भारतको अयोध्यामा जनवरी २२ तारिखमा गरिने राम मन्दिरको प्राण प्रतिष्ठाको लाइभ भिडियो धनगढीको रामजानकी मन्दिरबाट हेर्न सकिने भएको छ । करिब ५ सय बर्षपछि भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठा हुन गइरहेकाले सो कार्यक्रममा उपस्थित हुन नसक्ने भगवान् रामका भक्तजनहरूलाई लाइभबाट भएपनि प्रतिष्ठामा सहभागि गराइने जनाइएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा रहेको रामजानकी मन्दिरमा माघ ७ गते अखण्ड रामायण लगाइने र माघ ८ गते साढे ९ बजेदेखि भजनकीर्तन गाउँदै १२ बजेदेखि लाइभ सुरु गरिने रामजानकी मन्दिरका अध्यक्ष रमण श्रेष्ठले जानकारी दिए । उनले जनवरी २२ अर्थात् माघ ८ गते धनगढीको रामजानकी मन्दिरमा उपस्थित भएर हर्स उल्लासका साथ राम मन्दिरको प्राण प्रतिष्ठामा सहभागि हुने अनुरोध गरे ।
विश्व हिन्दु परिषद धनगढी नगर कार्यसमिति अध्यक्ष महेन्द्रराज पन्तले ५ सय बर्ष पछि भारतको अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा भब्य रुपले मनाउन धनगढीका ३र४ वटा मन्दिरबाट ठूलो पर्दाबाट लाइभ गरिने बताए ।उनले सोही दिन लाइभ कार्यक्रम सकिएपछि धनगढीको ट्राफिक चौराह देखि पार्क मोडसम्म सोभा यात्रा निकालिने जानकारी गरे । साथै पार्क मोडमा पनि विश्व हिन्दु परिषदले दिप प्रज्वलन गर्ने अध्यक्ष पन्तले जानकारी दिए ।