• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

चेक बाउन्स-४ : मोडल खुस्बुलाई ३ महिना कैद फैसला

काठमाडौं– सप्तरीको राजविराज-८ का ४३ वर्षीय गोपाल कटुवाल र मोडल तथा समाजसेवी खुस्बु ओलीबीच एकताका राम्रै सम्बन्ध थियो।

बेला-बेलामा उनीहरुबीच रकम लेनदेन समेत हुने गरेको थियो। सोही क्रममा झन्डै २ वर्षअघि मोडल ओलीले कटुवाललाई आफूले घरजग्गा किन्न लागेको र त्यसका लागि रकम अपुग भएको भन्दै सापट मागिन्। कटुवालले ओलीलाई ३६ लाख रुपैयाँ दिए।

ओलीले उक्त रकमको सावाँ-ब्याजसहित फिर्ता गर्ने बाचा कटुवाललाई गरेकी थिइन्। पछि कटुवालले आफूले दिएको सापट रकम मागेपछि ओलीले कुमारी बैंक न्युरोड शाखाको ३६ लाख रुपैयाँको चेक दिइन्। खुस्बु ओली नाममा रहेको खाता नम्बर ०५०९५२४१६१२२६०१५ को चेक नम्बर ०००५४६२५८३१६०१ मार्फत उनले ३६ लाख रुपैयाँको चेक काटेकी थिइन्। उक्त चेक २०१७ जनवरी ३ तारिखमा काटेको देखिन्छ। त्यसको दुई दिनपछि कटुवाल चेक साट्न कुमारी बैंक पुगेका थिए। तर, बैंकले रकम नभएको भन्दै उनलाई फर्काइदियो।

कटुवालले जिल्ला अदालत काठमाडौंमा पेस गरेको मुद्दामा उल्लेख गरिएको छ, ‘रकम नभएको जानकारी पाएपछि मैले ओलीलाई यसबारे जानकारी गराएको थिए। उनले केही समयपछि पैसा जम्मा गर्दिन्छु भनेर भनेकी थिइन्। तर, पछि पनि पैसा जम्मा भएन।’

पछि पटकपटक फोन गरेर पैसा जम्मा गर्न भन्दा पनि ओलीले रकम जम्मा नगरेको कटुवालको भनाइ छ। त्यसपछि कटुवाल २०१७ जनवरी १९ तारिखमा पुन: चेक साट्न बैंक पुगे। बैंकले पहिलेकै रेडिमेड जवाफ फर्कायो, ‘ओलीको खातामा पर्याप्त रकम छैन।’

तेस्रो पटक पनि कटुवाल रकम निकाल्ने झिनो आशा बोकेर कुमारी बैंक पुगे। तर, उनी रित्तो हात फर्कनुपर्‍यो। तीन पटकसम्म पनि खातामा पर्याप्त रकम नभएपछि चेक बाउन्स भयो।

चेक बाउन्स भएको बारेमा समेत आफूले ओलीलाई जानकारी गराएको कटुवालले बताएका छन्। तर, ओलीले भने उजुरी नगर्नु रकम दिऊँला भन्दै आश्वासन देखाइरहिन्। लामो समयसम्म पनि आफ्नो ३६ लाख नपाएपछि गत वर्ष साउनमा कटुवालले काठमाडौं जिल्ला अदालतमा चेक अनादार मुद्दा दायर गरे। विनिमय अधिकारपत्र ऐन २०३४ को दफा ५३ बमोजिक कुटावलले मुद्दा दायर गरेका थिए।

सोही मुद्दामाथि अदालतले मंगलबार फैसला गरेको हो। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले खुस्बु ओलीलाई दोषी ठहर गर्दै सजाय सुनाएको छ।

चेकको पैसा माग्दा जाँदा नतिर्ने भन्दै धम्काएको र विदेशमा गएको भन्दै अदालतको म्याद बुझ्न ओलीले अस्वीकार गर्दै आएकी थिइन्। म्याद तामेल गराउन नसकेपछि अदालतले सार्वजनिक सूचना समेत प्रकाशन गरेको थियो। तर, ओली भने अदालतमा उपस्थित भएकी थिइनन्।

तर ओलीले अदालतले यसबारे आफूलाई सूचना नदिएको दाबी गरेकी छन्। ‘मैले यसबारे कोर्टबाट एउटा लेटर पनि पाएको छैन। म्यादका लागि पनि बोलाएको जानकारी छैन,’ उनले भनिन्, ‘कुमारी बैंकसँग पहिले नै कटआउट भएर मैले पत्र पनि पाइसकेको छु।’ भोलि आफै अदालत गएर बाँकी प्रक्रिया चाल्ने उनको भनाइ छ।

यसबारे आफूले काठमाडौं प्रहरीकहाँ समेत उजुरी गरेको ओली बताउँछिन्। आफ्नै नामको भन्दा पनि आफ्नो परिवारसँग जोडिएको र आफूलाई फसाउन कटुवालले यस्तो गरेको उनको भनाइ छ।

फैसला अनुसार ओलीलाई ३ महिना कैद र ३ हजार जरिवाना सुनाइएको छ भने ३६ लाख चेक काटेदेखिको साँवा र ब्याजसमेत तिर्नुपर्ने जिल्ला अदालतको ठहर छ।

को हुन् खुस्बु?
सन् २००० मा काठमाडौं जेसिसले गरेको प्रतियोगितामा ‘लिटिल लेडी’को च्याम्पियन भएकी थिइन् खुस्बु। त्यसपछि सन् २००६ मा उनले मिस टिनको ताज पहिरिन्। त्यसपछि भने उनले आफ्नो करिअरमा पछाडि फर्केर हेर्नुपरेन। उनी कहिले विभिन्न व्यक्तिसँगको प्रेम सम्बन्धका कारण चर्चा रहिन् भने पछिल्लो समय समाजसेवाका रुपमा चर्चामा रहँदै आएकी छन्।

उनले म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन्। केही वर्षअघि काठमाडौंको फर्पिङमा सपना आमाघर खोलेर उनी समाजसेवामा प्रवेश गरेकी थिइन्।

उनले विशालनगरमा पनि ‘स्ट्रिट चिल्ड्रेन रिह्याबिलिटेसन होम’ स्थापना गरेकी छन्। जहाँ ३५ भन्दा बढी सडक बालबालिकाले लालनपोषण पाउँदै आएका छन्।

नेपालका सडक बालबालिकाले रूसको मस्कोमा भएको स्ट्रिट चाइल्ड विश्वकपमा समेत उनकै पहलमा भाग लिने अवसर पाएका थिए। खुस्बुले ‘रिह्याबिलिटेसन अफ स्ट्रिट चिल्ड्रेन बिफोर एन्ड आफ्टर’ नामक डकुमेन्ट्री पनि बनाएकी छन्।

त्यस्तै, झापाको सुरुंगाका गरिब परिवारका लागि २० वटा रिक्सा किनिदिएकी ओलीले निःशुल्क सेवा दिने सर्तमा सुरुंगाकै रेडक्रस उपशाखालाई एम्बुलेन्स समेत दिएकी थिइन्। आफू पढेको झापको कन्काई माविमा हजुरबुबाको नाममा गरिब विद्यार्थीका लागि खुस्बुले एक लाखको कोष स्थापना गरेकी छन्।

सोमबार, जेठ १३, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.