मुक्तक
सर्जक: मनोज मनसुन ठकुरी
घमण्ड ले नाघ्यो सिमा के काम लाग्यो र ,
एकै छिन सोच कम्तिमा के काम लाग्यो र ।
दुःख पर्दा न त कोहि आफ्ना,आफन्त छन
भएर घर राजधानी मा, के काम लाग्यो र ।।
(१)
न कसैको भरोसा बन्नु छ न भर बन्नु छ,
केही नसोची दायाँ बायाँ सरासर बन्नु छ।
यहाँ कोमल दिल क्षणभरमै टुक्रिदो रहेछ।
यसर्थ स्वार्थी सहरमा अब पत्थर बन्नु छ।।
(२)
लगाए पनि अनेकौं तागत,छुट्ने वाला छैन ,
आफै भोग्छौ शत प्रतिशत,छुट्ने वाला छैन ।
बरु रक्सी,चुरोट सजिलै छोड्न सकिएला
तर लाग्यो भने मायाको,लत छुट्ने वाला छैन।।
(३)
मनोज मनसुन ठकुरी
घर :डोटी हाल: धनगढी