पारस भट्टका प्यासीका केहि मुक्तक
मुक्तक १
दुस्ख पिर परे साथ दिउँला भन्ने आफ्नाहरु हुन्
जब दुस्ख पर्छ फेरि खुसी बन्ने आफ्नाहरु हुन्
मेरो त आफ्नाहरु छन् भनेर छाती नफुलाउ भाइ
तिमी म जस्तोलाइ मान्छेमै नगन्ने आफ्नाहरु हुन्
मुक्तक २
छन आफ्ना तर आत्मीयपन खै कता हराएको छ
आफ्नामा हुनुपर्ने सहयोगि मन खै कता हराएको छ
घरमा दाइ भाइमै रिस छ दिदी बहिनैमै रिस छ
मीठो माया मीठो बोली बचन खै कता हराएको छ
मुक्तक ३
तिम्रो आफ्ना तिमि फसाउने षड्यन्त्र रच्दैछन्
तिम्रो सम्पति हात लाउने षड्यन्त्र रच्दैछन्
हिजो तिमिले कतै जागीर लागे हुन्थ्यो सोच्थे
आज जागिर लाग्यौ छुटाउने षड्यन्त्र रच्दैछन्
मुक्तक ४
बिश्वास घाती हुन्छन बिश्वास गर्दै नगर्नुहोस
यी दुष्ट पापी आफ्नाहरुको भर पर्दै नपर्नुहोस
जस निम्ता गर्न छोडी बेक्कारमा दोस् लगाउँलान्
भो भो आफ्नाहरुको काममा अघि सर्दै नसर्नुहोस
पारस भट्ट प्यासी
मेलौली दुई बैतडी