धनगढी, २४ मंसिर/सुुदूरपश्चिम प्रदेशले आयोजना गर्ने लगानि सम्मेलन सफल पार्न नेपाल उद्योग बाणिज्य संघ सुदूरपश्चिम समिति पनि गृहकार्य सुरु गरेको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिम कार्यसमितिको शनिबार प्रदेश अध्यक्ष शंकर बोगटीको अध्यक्षतामा धनगढीमा बसेको बैठकले प्रदेशमा हुन लागेको लगानी सम्मेलनलाई उपलब्धी बनाउन आफ्नो क्षेत्रबाट गर्ने सबै सहयोग गर्न तयार रहने निर्णय गरेको छ ।
प्रदेस समितिको बैठकले प्रदेश भित्र रहेका सबै जिल्ला नगर, उद्योग बाणिज्य संघहरुलाई आ–आफ्नो ठाउँमा ठुला ठुला लगानी गर्न सकिने सम्भावनाका क्षेत्रहरु, समस्या र समाधानका उपाय सहितको सुझाव लिने निर्णय गरेको नेपाल उद्योग बाणिज्य महासंघ सुदूरपश्चिमका कार्यकारी प्रमुख ज्योति भट्टले जानकारी दिए ।