काठमाडौँ, १५ मंसिर / नेपालमा पनि हरेक वर्ष जस्तै यस वर्ष पनि डिसेम्बर १ तारिखका दिन समुदायको नेतृत्वमा एड्सलाई अन्त्य गरौ भन्ने नाराकासाथ ३५ औँ विश्व एड्स दिवस मनाईदै छ। यस वर्षको विश्व एड्स दिवसको नाराको मूख्य उद्देश्य विश्वव्यापी रुपमा एड्सलाई अन्त्य गर्न समुदायलाई नेतृत्व प्रदान गरी उनिहरुलाई नै सहभागि गराउनु रहेको छ।
अर्थात् यस वर्षको विश्व एड्स दिवसको नाराले विगतका वर्षहरुमा देखिएको एचआइभीरएड्सबाट संक्रमित तथा मृत्युको भयावह स्थितिलाई ध्यानमा राखी सन् २०३० सम्ममा विश्वबाटै एड्सलाई अन्त्य गर्न समस्त समुदायलाई अगाडि सार्ने सन्देश दिएको छ।
एचआइभी र एड्सको वर्तमान अवस्था
विश्वभरीका मुलुकमा फैलिएको एचआइभीबाट हालसम्म अर्थात् सन् २०२२ को अन्त्यसम्म जम्मा ३ करोड ९० लाखजति संक्रमित भएका व्यक्ति छन्, तीमध्ये ३ करोड ७५ लाख १५ वर्षमाथिका वयश्क छन् भने १ करोड ३० लाख नयाँ संक्रमित भएका छन्, झण्डै २ करोड ९० लाख एड्सको उपचार सुविधा पाएका छन् भने ६ लाख ३० हजारजति एड्ससँग सम्बन्धित स्वास्थ्य समस्याबाट मृत्यु भएका छन्, तीमध्ये १ लाख ५० हजार जन्मेदेखि १४ वर्षसम्मका बालबालिकाको समेत मृत्यु भएको छ।
स्वास्थ्य सेवा विभागको २०७७र७८ को प्रतिवेदन अनुसार नेपालका ३१ हजारभन्दा बढी तथा १४ वर्षसम्मका १ हजार ३ सयभन्दा बढी बालबालिका एचआइभी संक्रमित व्यक्तिले जीवन यापन गरिरहेको अनुमान गरिएको छ। नेपालमा सबैभन्दा बढी संक्रमितमध्ये १५ देखि ४९ वर्ष उमेरका झण्डै ७२ प्रतिशत पाइएका छन्। नेपालका १५ वर्षदेखि ४९ वर्षसम्मका वयश्कमध्ये ०।१२ प्रतिशत नयाँ तथा पुराना एचआईभी संक्रमित भएका छन्।
सुदूरपश्चिममा ३ वर्षमा २ सय २६ जना एचआइभी संक्रमितको मृत्यु भएको छ। १९ हजारभन्दा बढी एचआइभी।रएड्स पीडित व्यक्तिले औषधि एन्टिरेट्रोभाइरल सेवन गरिरहेका छन्। २०७७र७८ मा नेपालमा यौनरोगका बिरामीको संख्या १२ हजारभन्दा बढी छ भने झण्डै ३४ हजार एचआइभीरएड्स पीडितले एन्टिरेट्रोभाइरल थेरापी सेवन गरिरहेका छन्।
एच.आइ.भी र एड्स नियन्त्रणमा स्वास्थ्य प्रवर्धन
एच।आइ।भी।संक्रमणबाट बच्न यौन व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु पर्दछ। असुरक्षित यौन सम्पर्कका हानी वारे समुदायस्तरसम्म व्यापक चेतना जगाउनु पर्दछ। यौनरोग र एच।आइ।भी संक्रमणको अवस्थाका लागि समयमैं परामशर्, परीक्षण रउपचार गर्नुपर्छ। यौनसम्पर्क गर्दा सही तरीकाले कण्डमको प्रयोग गर्नु पर्दछ। एच।आइ।भी र एड्स पीडित गर्भवती आमाले आफू र गर्भको शिशुलाई संक्रमणबाट बचाउन स्वास्थ्यकर्मीको सल्लाह बमोजिम नियमित र पूरा औषधि सेवन गर्नु पर्दछ।
हरिया तरकारी, फलफूल सहित स्वस्थकर र पोषिलो खानेकुरा खानुपर्दछ।
हरेक जुन महिनाको २७ तारिखका दिन मनाइने एच।आइ।भी।परीक्षण दिवस नेपालका हरेक स्वैच्छिक परामर्श र परीक्षण केन्द्रमा समेत चलाउनु पर्दछ भने हरेक प्राथमिक स्वास्थ्य केन्द्रस्तर वा स्थानीय तहसम्म यस्ता केन्द्रको विस्तार गरिनुपर्दछ।
यौनरोग र एच।आइ।भी संक्रमण भएको शंका लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा निशुल्क परीक्षण तथा उपचार गर्नु पर्दछ।किशोरकिशोरीलाई यौन, यौनरोग र एच।आइ।भी वारे स्पष्ठ जानकारी गराउनु पर्दछ।
विद्यालयस्तरदेखि शैक्षिक पठनपाठनमा यौन क्रियाकलाप, यौनरोग र एच।आइ।भी र एड्सबारे जोड दिनुपर्दछ। सुरक्षित व्यवहार परिवर्तनबारे स्थानीय सरकार तथा स्थानीय विद्यालय, स्वास्थ्यसंस्थामार्फत् सूचना, शिक्षा तथा सञ्चार कार्यक्रमलाई व्यापक वनाइनु पर्दछ।