बर्दिया, ९ मंसिर / बर्दियाको गुलरिया नगरपालिका-४ तुलापुरमा भएको आगलागीमा दुई परिवारका चार जनाको ज्यान गएको छ । कोठा न्यानो पार्न तसलामा बालेको आगो सल्किँदा भएको आगलागीमा चार जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा भरत चन्दका दुई छोरा १८ महिनाका कार्तिक चन्द, सात वर्षीय कृष चन्द र भरतकी दिदी ३६ वर्षीया राधा बुढा र राधाकी छोरी मानषी बुढा रहेका छन् ।
आगलागीबाट भरतकी श्रीमती करिश्मा चन्द गम्भीर घाइते हुनुभएको वडा नम्बर ४ का अध्यक्ष सुरेश गौतमले बताउनुभयो ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।