कैलाली, ९ मंसिर / लैङ्गिकहिंसा विरुद्धको १६ दिने अभियान आज शनिबारदेखी सुरुहुँदै छ । यो अभियान देशभर विविध कार्यक्रम गरी मनाउने गरिन्छ । यसैक्रममा कैलालीको गोदावरी नगरपालिकाले पनि उत्त अभियान विभिन्न कार्यक्रम गरी मनाउने भएको हो । जसअन्र्तगत नगरपालिकाको महिला विकास शाखाले आज बेलुकी ५ बजे अभियानको उद्घाटन गर्ने भएको छ ।
अत्तरिया बसपार्कमा आयोजना गरिने उक्त उद्घाटन कार्यक्रममा १६ ओटा मैनबत्ती बालेर ब्यानर बाचन गरिने महिला विकास शाखा प्रमुख गोदावरी खत्रीले बताएकी छन् । उनले १६ दिनसम्म नगरपालिकाका विभिन्न स्थानहरुमा जनचेतनामुलक सडक नाटक प्रस्तुत गर्ने तथा स्थानीय सञ्चारमाध्यममा जनचेतनामुलक सामग्री प्रसारण गर्ने योजना रहेको बताईन् । त्यस्तै नगरपालिकाभित्र काम गर्दै आएका विभिन्न संघ सँस्थाहरुले पनि महिला विकास शाखासंग समन्वय गरी विभिन्न कार्यक्रमहरु गर्ने भएका छन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यकालागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो । त्यसपछि हरेक २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाईन्छ । हाल १६ दिने अभियानलाई विश्वभर मनाउन थालेको ३२ वर्ष भइसकेको छ ।
महिला माथि हुने हिंसा मानव अधिकार हनन्को सवाल हो भन्ने मान्यता स्थापितगर्दै सोही अनुरुप कामगर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्र संघ लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वानगर्ने यो अभियानको उद्देश्य हो । यो अभियान अन्तर्गत २५ नोभेम्बर देखि १० डिसेम्बर सम्म समुदाय स्तरदेखि स्थानीय, प्रदेश तथा संघीय स्तरसम्म विभिन्न गतिविधि र कार्यक्रम गरिन्छ ।
नेपालमा महिला विरुद्ध हुने हिंसाका सम्बन्धमा आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन् । वि सं १९२५ मा नेपालको पुर्वी पहाडको भोजपुरमा जन्मिएकी उनले तत्कालिन नेपाली समाजमा महिला माथि हुने गरेका अन्याय अत्याचार र कुसंस्कारको विरुद्ध सामाजिक परिवर्तन र महिला अधिकार स्थापनाका लागि सशक्त रुपमा आवाज उठाएकी थिईन् ।
उनले समाजमा रहेका पित्तृसत्तात्मक सोच, सामाजिक मुल्यमान्यता, शोषण, जातीयविभेद र चरम लैंगिकविभेद विरुद्ध अभियान संचालन गर्दागर्दै वि सं १९९८ मा आफ्ना अनुयायी सहित परिवर्तनका लागि खवरदारी गर्दै जल समाधि लिएकी थिईन् । १६ दिने अभियानको शुरुवात नेपालमा विसं २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतना मुलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएको छ । तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीयपालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो ।