काठमाडौं, २३ कार्तिक / नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीको कैद माफी मिनाहा गर्ने निर्णयविरुद्ध परेको रिटनिवेदनको सुनुवाइ स्थगित भएको छ ।
निवेदन सुनुवाइका लागि विहीबार पालो तोकिएकोमा सर्वोच्च अदालत प्रशासनबाटै सुनुवाइ स्थगित भएको हो ।
टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई गत जेठ१३ गतेको मन्त्रिपरिषदको बैठकले आममाफीका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सो निर्णय राष्ट्रपतिबाट सदर भएपछि गणतन्त्र दिवसको दिन जेठ १५ गते रेशम चौधरी जेलबाट छुटेका थिए ।
त्यो निर्णयविरुद्ध शारदा कडायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् । बिहीबारका लागि तोकिएको त्यही निवेदनको सुनुवाई स्थगित भएको हो ।