विवेक नागरी
धनगढी, १५ कार्तिक/क्यानाडाका लागि नेपाली पर्यटनदूत नरबहादुर टण्डनले सुदूरपश्चिम र कर्णाली प्रदेशको, शिक्षा, स्वस्थ्य क्षेत्रको विकासका लागि पहल गर्ने बताएका छन् ।सुदूरपश्चिम पुगेका टण्डनले मुख्यमन्त्री, कमलबहादुर शाहसंगको भेटमा सुदूरपश्चिम, प्रदेशका पहाडी जिल्लाको नाजूक स्वास्थ्य अवस्था सुधारका लागि क्यानाडा सरकारको सहयोग सम्बन्धमा छलफल भएको बताए ।
मुख्यमन्त्री शाहले सुदुरपश्चिमका पहाडी जिल्लाका विरामीका लागि एअर एम्बुलेन्स आवश्यक भएको बताएपछि सो सम्बन्धमा पुर्यटनदूत टण्डनले व्यक्तिगत र संस्थागत रुपमा सो सहयोग जुटाउन लागि पर्ने बताएका थिए । क्यानाडमा रहेर नेपाल चिनाउने व्यक्तिका रुपमा परिचित टण्डनले सुदूरपश्चिम लगायत नेपालका विभिन्न क्षेत्रको शिक्षा, स्वास्थ्य तथा पर्यटनका क्षेत्रको प्रवर्द्धनुमा सहयोग गर्दै आएका छन् ।
सोही क्रममा टण्डनले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालसँग पनि भेट गरेका थिए । यस अघि भिजिट नेपाल ट्वान्टी टवान्टीका कुममा उनले क्यानाडाका सार्वजनिक बसहरुमा सुदूरपश्चिम क्षेत्रका पुर्यटकीय गन्तव्यस्थलको तस्विर राखेर प्रचार प्रसार गरेका थिए ।साथै उनले केही महिना अघि मात्र कर्णाली र सुदूरपश्चिमका विभिन्न धामिर्क, सांस्कृतिक तथा पुर्यटकीय क्षेत्रहरुको तस्विर संकुलित पुस्तक समेत प्रकाशन गरिसकेका छन् ।