धनगढी, २९ असोज/ईटालीबाट नेपालको नेपालको खप्तड घुम्न आएका ईटलियन नागरिक किराको बिष संक्रमणबाट खुट्टामा गम्भीर संक्रमण भएको छ ।
इटालीबाट दुई जना खप्तडमा घुम्न नेपाल आएका थिए । दूई जना मध्य एलेनोरा (महिला) किराले खुट्टामा डसेपछि सुन्निएको छ । उनी उपचार गराउन धनगढीको सारथी अस्पतालमा उपचार गराईरहेको अस्पतालको प्रबन्ध निर्देशक बेदप्रशाद जोशीले जानकारी दिए ।
इटलियन नागरिक २७ बर्षिय एलेनोराको सारथी अस्पतालमा तिन जना चिकित्सकले उपचार गरिरहेको निर्देशक जोशीले बताए । बिरामीलाई किराको डसाईबाट सेलोलाईलिस भएको हुन सक्ने आशंखा गरिएको छ । उनको खुट्टा सुन्निएर संक्रमण बढेको बताईएको छ । इटलियन नागरिक दुई जना केही दिन देखी खप्तड घुमिरहेको जानकारीमा आएको छ ।