धनगढी, २२ असोज / कञ्चनपुरमा नगदसहित १५ जना जुवाडे पक्राउ परेका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरिया बजारबाट १५ जना जुवाडे पक्राउ परेका हुन्।
गएराति ११ बजे कृष्णपुर–५ गुलरिया बजारमा रहेको ४५ वर्षीय दिनेश पनेरुको त्रिपूरा मदिरा विक्री वितरण केन्द्रभित्र उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट ४ गड्डी ताससहित २ लाख ७७ हजार ५०५ नगद रुपैयाँ बरामद गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र स्थानीय प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरु माथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।